इलाममा ‘लालीबजार’को क्रेज, नायिक स्वस्तिमा खड्का सहित टोली इलाम आउँदै
गणेश घिमिरे
जेठ ५, इलाम
इलाममा प्रदर्शनरत नेपाली चलचित्र लालीबजारको प्रचारप्रसार तथा दर्शक भेटघाट कार्यक्रम अन्तर्गत मुख्य अभिनेत्री स्वस्तिमा खड्का सहितको टोली आज साँझ इलाम आउने भएको छ । चलचित्र टोलीले इलामे दर्शकसँगै बसेर चलचित्र हेर्ने, प्रत्यक्ष अन्तक्र्रिया गर्ने तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको हो । आज (मंगलबार) साँझ ८ बजे हुने कार्यक्रममा चलचित्रकी मुख्य कलाकार स्वस्तिमा खड्का, निर्माण टोलीका सदस्य तथा कलाकारहरू सहभागी हुनेछन् । हल सञ्चालक पुष्कर घिमिरेका अनुसार चलचित्र प्रदर्शन भइरहेका दिनहरूमा इलाममा दर्शकको उत्साहजनक उपस्थिति देखिएकाले टोलीलाई विशेष रूपमा इलाम आमन्त्रण गरिएको हो ।
चलचित्र टोली पूर्वका बिर्तामोड, दमक, इटहरी, धरान र विराटनगरका दर्शकसँग भेटघाट गरिसकेपछि इलाम आउन लागेको बताइएको छ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ अहिले देशभरका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ । चलचित्रमा स्वस्तिमा खड्का र रविन्द्र सिंह बनियाँको मुख्य भूमिका रहेको छ । चलचित्रले समाजका सीमान्तकृत समुदाय, महिलाको संघर्ष र सामाजिक यथार्थलाई कथावस्तु बनाएको छ । सार्वजनिक ट्रेलर र प्रचार सामग्रीले बादी समुदाय तथा यौनकर्मीको जीवनसँग जोडिएको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा सामाजिक संवेदना, आमाछोरी सम्बन्ध र महिला अस्तित्वको विषयलाई भावनात्मक ढंगले उठाइएको निर्माण टोलीको दाबी छ । चलचित्रमा स्वस्तिमा खड्काको फरक भूमिकाले दर्शकमाझ विशेष चासो बढाएको छ । ‘मायालाई के दिउँ म बैना’ बोलको गीत सामाजिक सञ्जालमा चर्चित बनेको छ । इलाममा नेपाली चलचित्रप्रति बढ्दो आकर्षणसँगै स्थानीय चलचित्र हलहरू चलायमान बन्न थालेका छन् । हल सञ्चालक पुष्कर घिमिरेका अनुसार इलाममा विशेषगरी युवा पुस्ता र पारिवारिक दर्शकको उपस्थिति उल्लेख्य रहेको छ । इलाममा सीमित पूर्वाधारबीच चलचित्र प्रदर्शन भइरहे पनि नेपाली चलचित्रको स्तर सुधार र दर्शकको बढ्दो साथले स्थानीय हल व्यवसायमा नयाँ आशा थपिएको व्यवसायीहरू बताउँछन् । कलाकार स्वयं दर्शकमाझ पुग्ने संस्कृतिले पनि चलचित्रप्रति दर्शकको आत्मीयता बढाउँदै लगेको देखिन्छ ।
ग्रीनभ्याली एकाडेमिमा सिर्जनशिल र जीवनमुखि शिक्षा, बिद्यार्थीलाई सीप र अतिरिक्त क्रियाकलापमा अग्रणी बनाउँदै
गणेश घिमिरे पुष ४, इलाम इलाम सदरमुकाममा सञ्चालित ग्रीनभ्यालि एकाडेमीले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सिर्जनशीलता, व्यवहारिक
इलाममा होलि पर्वको रौनक
गणेश घिमिरे फागुन २९, इलाम फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका
दुइदिने साहित्य महोत्सव अन्तिम तयारीमा
गणेश घिमिरे चैत्र २५, इलाम साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य
.png)






प्रतिकृया दिनुहोस