भेन दुर्घटनामा दुईजनाको मृत्यु

तीन नाबालक सहित सातजना घाईते


इलाम, मंसिर २८
    इलामको सूर्योदय नगरपालिका स्थित हर्कटे–कन्याम सडक खण्डमा मंगलबार दिउँसो भेन दुर्घटना भएको छ । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने ३ जना बालबालिका सहित सातजना घाईते भएका छन् ।                             

दुर्घटनामा परेर मृत्यु हुने र घाईते हुने सबै माईजोगमाई गाउँपालिका स्थित नामसालिङ्गका रहेका छन् । मृत्यु हुनेमा  वडा नम्बर ३ का ४० बर्षिय भरत घिमिरे र वडा नम्बर ४ का ७६ बर्षिय रामप्रसाद तिम्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगा थापाका अनुसार घाईते हुनेहरुमा वडा नम्बर ४ का ३५ बर्षीय पदम तिम्सिना, वडा नम्बर ३ का ३० बर्षीया निर्मला तिम्सिना, ४ बर्षीया प्रकृति तिम्सिन, ६२ बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीया यसोदा घिमिरे, ८ बर्षीय हर्सन घिमिरे, १ बर्षीया प्रज्ञा घिमिरे रहेका छन् ।                                         

पाथीभरा मन्दिरको दर्शन गरेर कुटिडाँडाबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नम्वरको भेन अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल झर्दा ९ जना घाइते भएका थिए । घाईतेहरुलाई तत्काल उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । जसमा घिमिरे र तिम्सिनालाई अस्पताल पुरयाउन साथ चिकित्सकले मृत घोषणा गरेको थियो । अन्य सात जना घाईतेको उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

इलाममा पनि मनाइयो  अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

गणेश घिमिरे असोज १५, इलाम  आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । इलाममा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को

दुई दशक लामो पत्रकारितापछि राजनीतिमा पुनः सक्रिय, कांग्रेस महाधिवेशन प्रतिनिधिमा सोमनाथ सुसेलीको उम्मेद्धारी घोषणा

गणेश घिमिरे असोज १२, इलाम  दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय वरिष्ठ इलामका सञ्चारकर्मी सोमनाथ अधिकारी ‘सुसेली’ले नेपाली कांग्रेसको १५

खेलकुदबाट राजनीतितर्फ धनजीत मुखिया, कांग्रेस क्षेत्रीय सदस्यमा उम्मेदवारी

गणेश घिमिरे असोज १२, इलाम  इलाम नगरपालिका–४ जसबिरेका धनजीत मुखियाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय

↑