टेक कम्पनीविरुद्ध अष्ट्रेलियामा कडा कानुन

सिड्नी । अष्ट्रेलियाले टेक कम्पनीलाई सजाय दिने खालको विवादास्पद कानुन पास गरेको छ । त्यसमा हिंस्रक खालको भिडियो हालेमा जेल पठाउन सकिने व्यवस्था गरिएको छ ।  
गएको महिना न्यूजील्याण्डमा ५० जनाको हत्याको घटना फेसबुकबाट लाइभ भएको  पाइएपछि यस खालको कानुन ल्याइएको हो । अष्ट्रेलिया सरकारले वेवसाइटलाई हतियार बनाउन नहुने जनाएको छ । 
आलोचकहरुले भने यस सम्बन्धी विधेयकलाई उचित छलफल बिना नै संसदमा हतारमा लगिएको जनाएका छन् । विहीबार पास भएको नयाँ कानुनमा टेक कम्पनीले हिंस्रक सामग्री नहटाएमा कारवाहीको भागिदार बन्नुपर्ने उल्लेख छ । त्यसमा आतंकवादी आक्रमण, हत्या,बलात्कार, यातना र अपहरण लगायतका गतिविधि रहेका छन् । कानुनमा १०.५ मिलियन डलरसम्म जरिवानाको व्यवस्था गरिएको छ ।  
(बीबीसी)

प्रतिकृया दिनुहोस

अमेरिकाको टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार

राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् ।       एक दशकयता

ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता

बेलायत । युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ । युरोपेली यूनियन (इयू)

सामाजिक सञ्जालबाट हिंसात्मक दृश्य देखाइए जेल

अस्ट्रेलिया । अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक