महभिर चट्टानमा रुट निर्माण सुरु, माउण्टेन गाइडले सर्टिफाइ र ग्रेडिङ गर्ने 

गणेश घिमिरे÷असार २०, इलाम
पर्यटकीय गन्तब्यको रुपमा बिकास हुँदै गएको इलाम नगरपालिका ८ महभिरमा रहेको महभिर चट्टानमा रुट बनाउने काम सुरु भएको छ । हालसम्म सो चट्टानमा रुट नभइकन नै आरोहण हुँदै आएको थियो । जसले गर्दा जोखिम पनि उत्तिकै थियो । इलाममा पर्यटनको बिकास गर्ने भनेर रटान लगाउनेले समेत रक क्लाम्बिङमा रुटको आवश्यक पर्छ भनेर सामान्य हेक्का समेत नराखेको पाइन्छ । रुट निर्माण नभइकन रक क्लाइम्बिङ्ग सञ्चालन समेत गर्न नपाइने प्राबधान रहेको छ । चट्टानमा ६ वटा ग्रेडको रुट निर्माण हुनेछ । रुट निर्माण पछि ग्रेडिङ्गको काम हुने र यसको सर्टिफाइट पनि हुनेछ ।

शुक्रबार सम्म रुट निर्माण पछि लिड इन्टरनेशनल माउण्टेन गाइडले मान्यता दिएपछि ग्रेडिङ गर्ने सगरमाथा आरोही एवं इलाम नगरपालिकाकी सद्भावना दुत कल्पना महर्जनले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा प्रतियोगिता गर्नका लागि यो रुटहरु चलाउन सकिन्छ भनेर इन्टरनेशनल माउण्टेन गाइडले सर्टिफाइ गर्नेछ । महर्जनकै संयोजकत्वमा रुट निर्माणको काम भइरहेको छ । रुट बनाउने काममा माउटेन गाइड नरबहादुर अस्तानी सहित सुजन गुरुङ्ग, थोप्तेन लामा र सज्जन घले रहनु भएको छ । रक क्लाइम्बिङ्ग पर्यटकीय क्षेत्र प्रबद्र्धन बिकास समितिले ब्यबस्थापन गरेको रुट निर्माणमा इलाम नगरपालिका र पर्यटन बोर्डले आर्थिक सहयोग गरेको छ । 
 

प्रतिकृया दिनुहोस

पूर्वाञ्चलमै तेस्रो अठार पूराणको आयोजना गरीदैं, पचास हजार भक्तजन भित्रयाउने लक्ष्य

गणेश घिमिरे फागुन २७, इलाम      इलाम नगरपालिका ६ र ८ नम्बर वडाको संगम स्थल सिङगफ्रिङ्गमा अठार पुराण समापन एवं इलाम धार्मिक महोत्सवको आयोजना हुन

महिला उद्यमि लिलादेवीको अर्को फड्को, होमस्टे महासंघ कोशि प्रदेशको अध्यक्षमा चयन

गणेश घिमिरे असोज १५, इलाम  इलाममा सफल महिला उद्यमिको परिचय बनाउनु भएकि इलाम सन्दकपुर गाउँपालिकाकि लिलादेवी भटटराईले एकपछि अर्को सफलता चुम्दै जानु

इलाममा दुईदिने साहित्य महोत्सव हुँदै

इलाममा दुईदिने साहित्य महोत्सव हुँुँदै गणेश घिमिरे चैत्र १६, इलाम  इलाम साहित्य महोत्सव आउँदो चैत्र २६ र २७ गते हुने भएको छ । साहित्यको क्षेत्रबाट