युवा ब्यबसायी ताम्राकारले खोले फेब्रिक झोला उद्योग

गणेश घिमिरे
असार ३०, इलाम 
इलाम नगरपालिका प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएको १२ बर्ष बितिसक्यो । प्लाष्टिकमुक्त घोषणापछि यस नगरपालिकामा बिकल्पको रुपमा फेब्रिक झोला प्रयोगमा ल्याइयो ।  फेब्रिक झोलालाई इलामे झोलाको रुपमा चिनाइयो । तर बिडम्बना यो झोला इलाममा झापा लगायत तराईका जिल्लाबाट ल्याइँदै आएको छ । प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएको बर्षौ बित्दापनि यो झोलाको उत्पादन गर्न स्थानीय सरकार सहित कसैलेपनि चासो देखाएन ।

इलामे झोलाको पहिचान बन्दा पनि बाहिरी जिल्लाबाट यो झोला ल्याउनु पर्ने बाध्यता भइरहेको महसुस भएपछि यस झोलाको उत्पादन अब आफनै जिल्लामा गर्नुपर्छ भनेर यहाँका युवा ब्यबसायी जुरमुराए । इलाम बजारका युवा ब्यबसायी प्रज्ववल ताम्राकारले निजी लगानीमा फेब्रिक झोला उत्पादन गर्न उद्योग नै स्थापना गर्नुभएको छ । ४० लाख भन्दा बढीको लगानीमा इलाम बजारमा यसको उद्योग खोलिएको छ । सुन्दरता इलामेली झोला उद्योग नाम दिएर स्थापित उद्योगबाट सात साइजमा दैनिक पाँचसय सयकेजी फेब्रिक झोला उत्पादन हुँदै आएको छ । उद्योगमा हाल ६ जनाले रोजगारी पाएका छन् । प्लाष्टिकमुक्त नगरपालिका घोषणा भएका १२ बर्ष बित्दापनि फेब्रिक झोला झापा लगायत तराईका जिल्लाबाट ल्याउनु पर्ने बाध्यता बनिरहेकोले यसलाई अन्त्य गर्नका लागि आफैलै झोला उद्योग खोलेको ब्यबसायी ताम्राकार बताउनुहुन्छ । युवाहरु बैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा स्थानीय स्तरमै थोरै लगानीमा पनि स्वदेशमै बसेर सानो उद्यमी बनेर अरुलाई पनि रोजगारी दिन सकिन्छ कि भनेर झोला उद्योग खोलेको उहाँको भनाई छ । उद्योगबाट उत्पादीत झोला प्रतिकेजि २ सय ५० रुपैंयाँमा इलाम बजारमा बिक्रि गर्न थालिएको छ ।  हाल इलाम बजार क्षेत्रमा मात्र झोला बिक्री गर्दै आएपनि अब बिस्तारै जिल्लाका प्रमुख बजार सहित पाँचथर र ताप्लेजुङ्ग जिल्लासम्म  पुरयाउने लक्ष्य ब्यबसायी ताम्राकारको छ । यस्ता झोलाले वातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाई सहयोग पुग्नेछ । त्यसो त फेब्रिक झोलाको प्रयोग इलाम नगरपालिका मात्र हैन जिल्लाका प्रमुख बजारहरुमा पनि छ । तर यस पालिका बाहेक अन्य पालिकामा प्लाष्टिक (कालो पोलिथिन) को प्रयोग पनि अधिक छ । पछिल्लो समय इलाम नगरपालिकामा पनि प्लाष्टिकको झोलाको प्रयोग देखिन थालेको छ । तरकारी पसलदेखि किराना पसल, फेन्सि पसलहरुमा ब्यबसायीले लुकाई छिपाई उपभोक्तालाई प्लाष्टिकको झोलामा सामान दिन थालेको पाइएको छ । बजारमा प्लाष्टिकको प्रयोग हुन थालेको गुनासो आएपनि स्थानीय सरकार भने बेखबर बनेको पाइन्छ । 
 

प्रतिकृया दिनुहोस

इलाममा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

गणेश घिमिरे चैत २०, इलाम  इलाममा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाभरका सहकारकिर्मीहरु भेला भएर प्रभात फेरी निकालिएको

सुम्वेकमा महाकालेश्वर शिव मन्दिर निर्माण

इलाम नगरपालिका २ सुम्वेकमा महाकालेश्वर शिव मन्दिरको निर्माण गरिएको छ । स्थानीय नर्वदा देवी पोख्रेलले प्रदान गर्नु भएको १ रोपनी जग्गामा स्थानीयको

माग पूरा नगरेको भन्दै स्थानीयद्धारा  जलविद्युत् आयोजनाको उत्पादन बन्द

गणेश घिमिरे पुष १०, इलाम         आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीयले इलामको माइखोलास्थित सुपरमाई जलविद्युत् आयोजनाको उत्पादन बन्द