स्वास्थ्य खबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापालाई

इलाम, भदौ २३
स्वास्थ्य खबर हेल्थ अवार्ड इलाम नगरपालिकाका मेयर केदार थापाले प्राप्त गर्नुभएको छ । दिगो विकास लक्ष्यमा योगदान पु¥याएको भन्दै थापालाइ यो अवार्ड प्रदान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गर्नुभएको हो । स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ । यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ । इलाम अस्पताल बिकास समितिको अध्यक्ष भएको समयमा हालका इलाम नगरपालिकाका मेयर केदार थापाकै पहलमा इलाम अस्पतालमा डाइलासिस मेसिन जडान गरेर सञ्चालन गर्न पहल गर्नुभएका उहाँले मेयर बने लगतै डाईलासीस सेवा सुरु गर्नुभएको थियो ।

सेवा सञ्चालनमा आएपछि त्यसलाई चलाउन आवश्यक पर्ने दक्ष जनशक्ति पनि नगर प्रमुख थापाकै पहलमा ल्याएर सेवा प्रबाह भइरहेको छ । यस्तै इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरि डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सहज सेवा दिइने कामको सुरुवात समेत गर्नुभयो । जस्का कारण अस्पतालमा सेवा लिन आउँने जेष्ठ नागरिक, अपाङ्गता भएकालाई सहज भएको छ । यि लगायत अन्य थुप्रै काम स्वास्थ्य क्षेत्रमा गरेका कारण थापालाइ यो अवार्ड प्रदान गरिएको हो । नेपाल सरकारले प्रत्येक प्रदेशमा १–१ वटा मेडिकल कलेज खोल्ने नीति बमोजिम इलाममा मेडिकल कलेज स्थापना गराउनका लागि इलाम नगरपालिकाले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान संयोजन समिति गठन गरी स्थानीयस्तरबाट सहयोग जुटाउन पहल गरिरहेको छ । साथै इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको लागि नेपाल सरकार र कोशी प्रदेश सरकारसँग पहल गरिरहेको छ । यसरी नै इलाम नगरपालिकाले बिएण्डसी अस्पताल बिर्तामोडसँग सहकार्य गरी गत आर्थिक वर्षमा बिशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर इलाम अस्पतालमा सञ्चालन गरेको थियो र यस प्रकारको स्वास्थ्य शिविरलाई नियमित रुपमा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

सुत्केरीलाई इलाम अस्पतालसम्म ल्याउन र घर पु¥याउनका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । नेपाल सरकारले कडा रोगीहरुलाई उपलब्ध गराउने सेवा सुविधाका लागि सिफारिस गर्दा नगरपालिकाले थप रु १० हजार सहयोग गर्ने गरेको छ । इलाम नगर क्षेत्रका विपन्न अवस्थाका नागरिकहरुलाई स्वास्थ्य सुविधाको लागि नगरका जनप्रतिनिधिहरुको पारिश्रमिकबाट केही रकम कटृा गरी स्वास्थ्य उपचार कोष खडा गरेको छ र यस कोषबाट बिपन्न अवस्थाका बिरामीहरुलाई सहयोग पुगेको छ । 

प्रतिकृया दिनुहोस

सुनगाभाद्धारा भञ्ज्याङमा स्वास्थ्य शिबिर सञ्चालन, ७३ जनाले लिए सेवा

गणेश घिमिरे फागुन २५, इलाम  इलाम नगरपालिका ९ भन्ज्याङ्गमा एक दिने निशुल्क स्त्री रोग सम्बन्धि स्वास्थ्य शिबिर शुक्रबार सम्पन्न भएको छ । सुनगाभा बचत

दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

 कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय

सधैं चुनावी एजेण्डा बनाइने इलाम अस्पतालको अवस्था कहिले सुध्रिएन

गणेश घिमिरे भदौ २१, इलाम  इलाम जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पताल हो, इलाम अस्पताल । अस्पतालको भवन देख्दा लाग्छ, यो अपस्ताल निकै सुबिधा सम्पन्न र