इलाममा पनि राप्रपाको नविन राप्रपा अभियान

कोशिमा मध्यावधि हुने अवस्था आए राप्रपाले निर्णायक भूमिका खेल्छ ः गिरी


गणेश घिमिरे
असोज १५, इलाम 
राष्ट्रिय राजनीतिमा एउटा इतिहास बोकेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । तर पछिल्लो समयमा यो पार्टी खुम्चिदो क्रममा छ । पार्टीको टुटफुटले थिलथिलो बनेको पार्टीमा युवा नेतृत्व आएसंगै यस पार्टीको चाम ह्वात्तै बढेको छ । पार्टीलाई सुदृणिकरण, प्रबिधिमैत्री, मजबुद संगठन बनाउन यतिखेर राप्रपा कम्मर कसेर लागेको छ । त्यसैले राप्रपा केन्द्यि कार्य समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी नविन राप्रपा बनाउने घोषणा गरेर देशैभरी अभियानै सञ्चालन गरिरहेको छ । केन्द्रको सर्कुलर अनुसार नविन राप्रपा बनाउने अभियान अहिले सञ्चालनमा छ । यो अभियान ६ महिनासम्म सञ्चालन हुँदैछ ।

टोलसम्म यो अभियान जारी रहेको छ । राप्रपाको संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले संचालित अभियान इलाममा पनि सुरु गरीएको छ । प्रदेश तथा केन्द्रिय स्तरका नेतालाई राप्रपाले देशका पालिकाहरुमा खटाएको छ । इलाममा पनि तीनजना नेतालाई इलामका बिभिन्न पालिकामा खटाएको छ । सन्दकपुर र माईजोगमाई गाउँपालिका एवं इलाम नगरपालिकामा लिलादेवी श्रेष्ठ, माङसेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकामा लक्ष्मि संग्रौला र माई, सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा पार्टीका केन्द्रिय सदस्य एवं शिक्षा बिभाग प्रमुख डा. राजेश गिरीलाई खटाएको पार्टीका जिल्ला प्रबक्ता गोपाल पौड्यालले जानकारी दिनुभयो । राप्रपाको संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले संचालित यो कार्यक्रममा सवै नेताहरूले भूगोल केन्द्रित जिम्मेवारी बहन गरेका छन् । यसैक्रममा नविन राप्रपा अभियानकै दौरान सोमबार इलाम सदरमुकाम आइपुग्नु भएका पार्टीका केन्द्रिय सदस्य राजेश गिरीले सञ्चारकर्मीसंग अब राप्रपा जनताको घरदैलोमा पुग्ने बताउनुभयो । उहाँले राप्रपामात्र मुलुकको हित गर्ने धर्म संस्कृति बचाउने र समृद्धि र सुशासन ल्याउने पार्टी भएको उल्लेख गर्नुभयो । अभियानले जनताको समस्यासँग साक्षात्कार हुने र त्यसैको आधारमा नेता कार्यकर्ताको मूल्यांकन गरिने उहाँको भनाई थियो । राप्रपामा युवाको खोजि, प्रबिधिमैत्री पार्टीको बिकासमा पार्टीमा लागेको गिरीले बताउनुभयो । उहाँले यस अभियानले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पनि पार्टीलाई धेरै फाइदा पुग्ने बताउनुभयो । गिरीले फरक एक प्रसंगमा कोशि प्रदेश सरकारमा राप्रपा तत्कालको अवस्थामा जाने कुनै संभावना नभएको बताउनु भएको छ । यदि कोशि प्रदेश सरकार गठन हुन नसकेर अन्तत मध्यावधिमै जाने अवस्था आएको खण्डमा राप्रपाले निर्णायक भूमिका भने खेल्ने उल्लेख गर्नुभयो । उहाँले देशका दुईठूला राजनैतिक दलहरु काँग्रेस र एमाले मिलेर कोशि प्रदेशमा सरकार चलाउन पनि आग्रह गर्नुभयो ।   
 

प्रतिकृया दिनुहोस

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा

गणेश घिमिरे बैशाख ८, इलाम      नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट

सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे बैशाख ४, इलाम  इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा

मतदाताले उम्मेद्धार खड्कालाई भने – ‘तपाइले जितेमात्र यो क्षेत्रको बिकास हुन्छ’ 

गणेश घिमिरे चैत २७, इलाम इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा यतिखेर उम्मेद्धारहरु गाउँ गाउँमा पुगेका छन् । शहरी क्षेत्रमा