प्रथम संस्करणको इलाम गोल्डकपको तयारी तीब

गणेश घिमिरे
पुष ८, इलाम 
फूटबललाई संस्कृति मान्ने इलामेलीहरुले लामो समयदेखि फूटबलको मज्जा लिन पाएका छैनन् । इलाम सदरमुकाममा रहेको एकमात्र ठूलो टुडिखेलमा ए डिभिजन फूटबल क्लब र त्यसमा आबद्ध रहने अधिकाँश राष्ट्रिय स्तरका खेलाडीको खेल कौशल हेर्नबाट इलामेहरु बञ्चित भइरहेका छन् । जिल्लाका गाउँगाउँमा सानातिना फूटबल प्रतियोगिता भने भइरहेका छन् । तर ठूलो धनराशि पुरस्कार भएको त्यसमा पनि राष्ट्रिय स्तरका खेलाडीको खेल कौशलको मज्जा भने इलामेलीले लिन नपाएका हुन् ।                 

२०७१ सालबाट हुँदै आएको नेपालकै प्रतिष्ठित मध्येको माइभ्याली गोल्डकप पनि २०७७ सालयता सञ्चालन हुन सकेको छैन । जसले गर्दापनि इलामकै एकमात्र ठूलो टुडिखेल सुनसान जस्तै बन्दै आइरहेको छ । स्तरीय प्रतियोगिता सञ्चालन नहुँदा यहाँका कतिपय प्रतिभावन खेलाडी समेत खेल क्षेत्रबाट पलायन हुने अवस्थामा पुगेका छन् । यसैलाई मध्यनजर गर्दै जिल्लाकै एक प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लबले आउँदो माघ ६ देखि १३ गतेसम्म ‘इलाम गोल्डकप’को आयोजना गर्ने भएको छ । कोशि प्रदेश सहित भारतका बिभिन्न स्थानहरुमा भएका गोल्डकपमा ट्रफि उचाल्दै आएको यस क्लबले जिल्लामा पहिलो पटक पहिलो संस्करणको ‘इलाम गोल्डकप’ को आयोजना गर्न लागेको गोल्डकप प्रचार प्रसार समितिका संयोजक राजिव सिंह खत्रीले बताउनुभयो । ‘प्रथम संस्करण भएकाले आयोजकले बिभिन्न माध्यमबाट गोल्डकप सफल बनाउन प्रचार प्रसारलाई पनि तिब्रता दिएको छ’ खत्रीले भन्नुभयो–‘भब्य र सभ्य रुपमा गोल्डकप सफल बनाउनेछौं’ । ‘इलाम गोल्डकप’ सम्पन्न गर्नका लागि करिब ६० लाख खर्च हुने क्लबका अध्यक्ष साङ्गे योल्मुको भनाई छ ।                                 

‘देशबिदेशमा रहेका इलामेली, अन्यदाता, संघसंस्थाका साथै जिल्लाका दशै पालिका र टिकट बिक्रि हाम्रो प्रमुख आर्थिक श्रोत हो’ साङ्गेले भन्नुभयो–‘हालसम्म स्पोन्सर पाएका छैनौ, स्पोन्सर पनि खोजिरहेका छौं ।’ यस गोल्डकपमा लिग च्याम्पियन चर्च ब्वाइजका साथै एनआरटि, बागमति युथ क्लब, सुनसरी, झापा र पाँचथर र आयोजक रहनेछ भने भारत दार्जिलिङको टिमसहित आठ टिमको सहभागिता रहनेछ । गोल्डकपको बिजेताले पाँचलाख र उपविजेताले तीनलाख रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिब प्रकाश घिमिरेले जानकारी दिनुभयो । प्रथम पुरस्कार इलाम नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यस्तै बिभिन्न बिधामा उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत बन्नेछन् । गोल्डकप सम्पन्न गर्नका लागि आयोजकले बिभिन्न उपसमितिहरु गठन गरेर तयारी समेत सुरु गरीसकेको छ । सदरमुकामको ठूलो टुडिखेलमा हुने गोल्डकपको लागि आयोजकले मैदानको स्तरोन्नतीका साथै बाँसको अस्थायी प्याराफिट बनाउने, हार्ड मैदानलाई सफ्ट बनाउन मैदानमा पानी लगाउने लगायतका कामहरु सुरु गरीसकेको छ । यो मैदान नेपाली सेनाको स्वामित्वमा रहेको छ । स्तरीय मैदान अभावको कारण आयोजकले मैदान मेन्टेनेन्समा मात्र लाखौं रुपैंयाँ खर्चनुपर्ने बाध्यता छ । जसअनुरुप प्याराफिट नभएको अवस्थामा बाँसको प्याराफिट निर्माणमा मात्र करिब नौलाख रुपैंयाँ खर्च हुने बताएको छ । गोल्डकपमा दर्शक बस्नका लागि दुईहजार क्षमताको बाँसको प्याराफिट निर्माण गरीरहेको छ । 

प्रतिकृया दिनुहोस

१३ बर्ष मुनिको फूटबल छनौटमा इलामबाट ६२ खेलाडी छानिए

गणेश घिमिरे चैत २६, इलाम  इलामबाट उमेर समूहका खेलाडीहरु छनौट गरीएको छ । उमेर समूहका खेलाडीलाई एकाडेमीमा राख्दै एन्फा टेक्निकल सेन्टरमा सञ्चालन

कात्तिक २३ देखि इलाममा सन्तोष अधिकारी मेमोरीयल कोशी प्रदेश चेस प्रतियोगिता

गणेश घिमिरे कात्तिक १३, इलाम  प्रतियोगिता संख्या आधार मान्ने हो भने बुद्धिचाल नेपालको सक्रिय खेलमा पर्छ । पछिल्लो पाँच वर्षयता बुद्धिचालका घरेलु

सानदार ब्याटिङका बाबजुद नेपाल भारतसँग पराजित

नेपालले एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको छ ।