लोकपप गायक सुनिल गिरीको लेकाली भेगैमा सुनिलसँग उर्मिलाको रोमान्स
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ ।
लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि सुनिलकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
https://www.youtube.com/watch?v=uBYOeaMwehY
प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण
गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ
उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास
गणेश घिमिरे साउन २६, इलाम इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको
उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास
गणेश घिमिरे साउन २६, इलाम इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको
.png)






प्रतिकृया दिनुहोस