गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला

गणेश घिमिरे
चैत्र १५, इलाम
इलाममा श्रीमानले गर्भवती श्रीमतीको हत्या गरेर गाडेको अवस्थामा १५ दिनपछि शब फेला परेको छ । घरबाट हराएकी इलाम फाकफोकथुम गाउँपालिका ३ आमचोक स्थित सल्लेरीकी १९ बर्षिया १९ वर्षीय विमला कट्टेलको हत्या पछि गाडीएको अवस्थामा शब फेला परेको हो । घटनामा उनकै श्रीमान उमेश गिरी संलग्न रहेको आरोपमा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको छ ।
गत चैत्र १ गते घरबाट बुहारी हराएको भन्दै मृतक विमला कट्टेलको ससुरा कृष्णलाल गिरीले प्रहरीमा खोजतलासका लागि उजुरी दिएपछि प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धानलाई अघि बढाएको थियो । अनुसन्धानको क्रममा घरबाट करिब आधा घण्टाको दुरीमा पर्ने सोहि पालिकाको वडा नम्बर २ स्थित धार्ने खोपको दाहाल गोलाई भन्ने स्थानमा गाडीएको अवस्थामा महिलाको शब फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी मानबहादुर राईले जानकारी दिनुभयो । प्रहरीले शब उत्खनन् गरेर पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (घोपा) धरानमा पठाएको छ । मृतक महिलाको माइत इलामकै देउमाई नगरपालिका ९ जितपुर रहेको बताइएको छ ।

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
इलाम, बैशाख ९, इलाम राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७

गैससलाई चलायमान बनाउन अग्रसर बर्तमान कार्यसमिति, पहिलो पटक भित्ते पात्रो प्रकाशन
गणेश घिमिरे चैत्र ३१, इलाम गैरसरकारी संस्था महासंघ नेपाल इलाम शाखाले प्रकाशन गरेको नयाँ बर्ष २०८२ सालको बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ ।

आँखाको ज्योति फर्किएपछि खुशिले गद्गद्
गणेश घिमिरे चैत्र ३०, इलाम इलाम फाकफोकथुम गाउँपालिका स्थित खाम्बाङका ८८ बर्षिय भिमबहादुर राईको खुशिको सिमा छैन । एउटा दाइने आँखाले देख्न
प्रतिकृया दिनुहोस