हाम्रो बारेमा

  रेडियो नेपालवाणी एफ.एम. ९४.९ मेगार्हज विगत १३ वर्ष देखी निरन्तर रुपमा पूर्वाञ्चलको इलामबाट प्रसारण १००० वाट क्षमतामा प्रसारण भैरहेको नेपालवाणी पूर्वाञ्चलका १३ वटा जिल्लामा   (इलाम, पाँचथर, ताप्लेजुङ्ग, झापा, मोरङ, सुनसरी, तेहथुम, संखुवासभा, खोटाङ्ग, भोजपुरलगायत) र भारतको दार्जिलिङ्ग, मिरिक, सिक्कीम साथै इन्टरनेट मार्फत संसारभर सुन्न सकिन्छ । समाचारमूलक नेपालवाणीको प्रसारणमा राजनीतिक, सामाजिक र नागरिक जीवनका दिन दैनिकी हरेक सवालहरुलाई विशेष प्राथमिकतामा राखी प्रसारण गर्दै आइरहेको छ । ती सवालहरुलाई शान्तिपूर्ण एवं लोकतान्त्रिक  परिपाटीबाट सम्बोधन गर्ने प्रयत्न नेपालवाणीले गरिरहेको छ । 

           ग्रामीण भेगमा रहेका न्यून  आय भएका आम कृषक, श्रमीक, उद्योमी व्यवसायि, कर्मचारी, अपाङ्ग, महिला, दलित, पिछडिएका नागरिकको आवजलाई समेट्दै अघि बढीरहेको र व्यवसायिक पत्रकारहरुद्वारा सञ्चालित नेपालवाणीले छोटो अवधिमै आप्नो प्रसारण क्षेत्रमा लोकप्रियता हासिल गरेको छ । प्रसारणको वर्षदिन मै सबैभन्दा बढी स्रोताले सुन्ने रेडियोको रुपमा स्थापित रेडियोलाई हालसम्म पनि स्रोताले सोही स्थान दिइरहेका छन् ।
       रेडियोले राष्ट्रिय, प्रादेशिक र स्थानिय सँगै सूचना सञ्चारको पह्ँचमा पुग्न नसकेका नागरिक सम्म पुगेर वास्तविक खबर र खबरदारी गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ र गरिरहने छौ यसमा हामी पतिबद्ध भई अगाडी बढ्ने प्रण गर्दछौ ।