इलाममा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै, काँग्रेसद्वारा सभापति खड्काको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन ।
गणेश घिमिरे
माघ १०, इलाम
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल इलाममा तातिँदै गएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका उम्मेदवारहरू चुनावी अभियानमा लाग्न थालेका छन् । मतदाताको घरदैलोमा पुगेर मत माग्ने क्रम सुरु भएको छ भने दलहरू आ–आफ्नो पक्षमा माहोल बनाउन रणनीतिक छलफलमा जुटेका छन् । यसैक्रममा नेपाली काँग्रेस इलामले पार्टीलाई निर्वाचनमा विजयी गराउने उद्देश्यका साथ जिल्ला सभापति डम्बर खड्काको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ । मूल समिति गठनसँगै विभिन्न उपसमितिहरू समेत गठन गरिएका छन् । काँग्रेसले इलाम क्षेत्र नम्बर १ का लागि पार्टी उपसभापति विष्णु लिम्बू दाहाललाई फोकल पर्सन तोकेको छ भने क्षेत्र नम्बर २ का लागि उपसभापति खगेन्द्र देवानलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ ।
यस्तै, पार्टी सचिव निरोज खड्गीको संयोजकत्वमा निर्वाचन सूचना तथा सञ्चार समिति गठन गरिएको छ । सचिव पूर्णप्रसाद गौतमको संयोजकत्वमा निर्वाचन घोषणा पत्र निर्माण समिति गठन गरिएको छ भने पार्टी कोषाध्यक्ष होम बस्नेतको संयोजकत्वमा क्षेत्रीय सभापति द्वय गोपाल चौहान र शमशेर राई सदस्य रहेको आर्थिक समिति गठन गरिएको छ । पार्टीका केन्द्रीय सदस्य हिमालय कर्मचार्यको संयोजकत्वमा निर्वाचन अनुगमन समिति समेत गठन गरिएको छ । साथै पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिल्लाका सबै वडामा खटाउने निर्णय गरिएको छ ।
पार्टी सभापति डम्बर खड्काको अध्यक्षतामा सम्पन्न बैठकले हालै काठमाडौंमा सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट इलामबाट केन्द्रीय सदस्यमा चयन हुनुभएका हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा नेपाली काँग्रेसले क्षेत्र नम्बर १ बाट निस्कल राई र क्षेत्र नम्बर २ बाट भेषराज आचार्यलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा चयन गरेको छ । निर्वाचन मिति नजिकिँदै जाँदा इलाममा राजनीतिक गतिविधि थप चहलपहलपूर्ण बन्दै गएको छ ।
इलाम–२ मा १२ वर्षपछि बदला लिने कांग्रेसको दाउ, सुहाङ नेम्वाङलाई आचार्यको कडा चुनौती
गणेश घिमिर माघ १५, इलाम इलाम क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्र
इलाममा ‘अन्डरडग’ दल निर्णायक बन्ने संकेत, ठूला दललाई चक्मा दिने दाउमा रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी
गणेश घिमिरे माघ १२, इलाम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इलाममा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । परम्परागत ठूला
निर्वाचनलाई लक्षित गर्दै देउमाईको मंगलबारेमा कांग्रेसको चुनावी भेटघाट, रणनीति र एकतामा जोड
गणेश घिमिरे माघ ११, इलाम आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले देउमाई नगरपालिका
.png)






प्रतिकृया दिनुहोस