इलाम–२ मा १२ वर्षपछि बदला लिने कांग्रेसको दाउ, सुहाङ नेम्वाङलाई आचार्यको कडा चुनौती

गणेश घिमिर
माघ १५, इलाम 
इलाम क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्र बनाएको छ । कांग्रेसका उम्मेदवार भेषराज आचार्य गाउँ–गाउँ पुग्दै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् । लामो समयदेखि इलाम कांग्रेसको राजनीतिमा सक्रिय आचार्य सामाजिक तथा राजनीतिक क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् । दोस्रो संविधानसभा २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका आचार्य तत्कालीन प्रभावशाली नेता स्वर्गीय सुबासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । तर, अहिलेको राजनीतिक परिस्थितिलाई कांग्रेसले अवसरका रूपमा हेरेको छ । १२ वर्षअघि बाबुसँग चुनाव लडेका आचार्य यसपटक उनकै छोरा, एमाले उम्मेदवार सुहाङ नेम्वाङसँग प्रतिस्पर्धामा छन् । स्वर्गीय नेम्वाङको २०८० सालमा निधनपछि २०८१ सालमा भएको उपनिर्वाचनमा सुहाङ नेम्वाङ एमालेको उम्मेदवारका रूपमा विजयी भएका थिए । बाबुको राजनीतिक विरासत बोकेर आएका सुहाङका लागि यसपटकको निर्वाचन चुनौतीपूर्ण हुने विश्लेषण भइरहेको छ । किनकि कांग्रेसले अनुभवी र स्थानीय रूपमा जरा गाडेका आचार्यलाई अघि सारेको छ । आचार्यलाई सुहाङ नेम्वाङका लागि बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

कांग्रेसले युवा नेतृत्व र परिवर्तनको सन्देशसहित पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी अभियान सञ्चालन गरिरहेको छ । जसले आचार्यको अभियानलाई थप सहज बनाएको स्थानीय मतदाताहरूको बुझाइ छ । कांग्रेसले युवा नेतृत्व र परिवर्तनको एजेन्डालाई जोड दिँदै चुनावी अभियान अघि बढाइरहेको छ । यसको विपरीत, एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रूपमा अघि सारेर मत माग्दै आएको छ । केही मतदाताहरूका अनुसार यही फरक राजनीतिक सन्देशले कांग्रेस उम्मेदवार आचार्यलाई लाभ पुग्न सक्ने देखिन्छ । यही कारण आचार्यको संसद यात्राको सम्भावना बढ्दै गएको आँकलन भइरहँदा सुहाङ नेम्वाङका लागि भने स्वर्गीय पिता सुबासचन्द्र नेम्वाङको राजनीतिक विरासत जोगाउन निर्वाचन चुनौतीपूर्ण बन्ने विश्लेषण गरिएको छ । यस क्षेत्रमा एक स्वतन्त्रसहित १४ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै केन्द्रित देखिन्छ । नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारले मत काट्न सक्ने आँकलनसँगै दुवै ठूला दल मत जोगाउने रणनीतिमा सक्रिय छन् । इलाम–२ को यो निर्वाचनले आगामी राष्ट्रिय राजनीतिमा समेत संकेत दिने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

इलाममा ‘अन्डरडग’ दल निर्णायक बन्ने संकेत, ठूला दललाई चक्मा दिने दाउमा रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी

गणेश घिमिरे माघ १२, इलाम  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इलाममा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । परम्परागत ठूला

निर्वाचनलाई लक्षित गर्दै देउमाईको मंगलबारेमा कांग्रेसको चुनावी भेटघाट, रणनीति र एकतामा जोड 

गणेश घिमिरे माघ ११, इलाम  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले देउमाई नगरपालिका

इलाममा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै, काँग्रेसद्वारा सभापति खड्काको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन ।

गणेश घिमिरे माघ १०, इलाम आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल इलाममा तातिँदै गएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै