शिक्षा बाँड्ने हात आज सहयोगको खोजीमा, क्यान्सर उपचारका लागि दुर्गा नेपालको अपिल
गणेश घिमिरे
इलाम असार ६
इलामको सूर्योदय नगरपालिका–३ पशुपतिनगर स्थित मेहेलबोटे निवासी तथा नर्वदा कल्याण बोर्डिङ स्कुलमा विगत दुई दशकदेखि अध्यापनरत शिक्षिका धनकुमारी (दुर्गा) नेपाल क्यान्सर रोगसँग संघर्ष गरिरहनु भएको छ । लामो समयदेखि उपचाररत उहाँको स्वास्थ्य उपचारका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्न कठिन भएपछि परिवारले सहयोगका लागि सबैसँग अपिल गरेको छ । परिवारका अनुसार शिक्षिका नेपाल विगत सात महिनादेखि भारतको बैंगलोरस्थित एस्टर व्हाइटफिल्ड अस्पताल र सिलिगुडी स्थित मणिपाल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
हालसम्म मणिपाल क्यान्सर अस्पतालमा २५ सेसन रेडियोथेरापी र ३ सेसन किमोथेरापी सम्पन्न भइसकेको छ भने एस्टर व्हाइटफिल्ड अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । चिकित्सकले पूर्ण स्वास्थ्य लाभका लागि अझै ५ सेसन किमोथेरापी सहित थप उपचार आवश्यक पर्ने बताएका छन् । उपचार प्रक्रिया लामो समयसम्म जारी रहने र अत्यधिक खर्चिलो भएकाले परिवार आर्थिक रूपमा गम्भीर संकटमा परेको जनाइएको छ । वर्षौंदेखि शिक्षा क्षेत्रमा समर्पित रहँदै सयौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान पु¥याएकी शिक्षिका नेपाल अहिले आफ्नै जीवन बचाउने कठिन संघर्षमा हुनुहुन्छ । उहाँको उपचारलाई निरन्तरता दिन विद्यालय परिवार, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई सहयोगका लागि आग्रह गरिएको छ । मानवीय संवेदना र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्दै शिक्षिका दुर्गा नेपालको उपचारमा सक्दो सहयोग गर्न सबै पक्षसँग अनुरोध गरिएको छ ।
पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता
गणेश घिमिरे साउन १०, इलाम पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर
.png)






प्रतिकृया दिनुहोस