शिक्षा बाँड्ने हात आज सहयोगको खोजीमा, क्यान्सर उपचारका लागि दुर्गा नेपालको अपिल
गणेश घिमिरे
इलाम असार ६
इलामको सूर्योदय नगरपालिका–३ पशुपतिनगर स्थित मेहेलबोटे निवासी तथा नर्वदा कल्याण बोर्डिङ स्कुलमा विगत दुई दशकदेखि अध्यापनरत शिक्षिका धनकुमारी (दुर्गा) नेपाल क्यान्सर रोगसँग संघर्ष गरिरहनु भएको छ । लामो समयदेखि उपचाररत उहाँको स्वास्थ्य उपचारका लागि आवश्यक आर्थिक व्यवस्थापन गर्न कठिन भएपछि परिवारले सहयोगका लागि सबैसँग अपिल गरेको छ । परिवारका अनुसार शिक्षिका नेपाल विगत सात महिनादेखि भारतको बैंगलोरस्थित एस्टर व्हाइटफिल्ड अस्पताल र सिलिगुडी स्थित मणिपाल क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
हालसम्म मणिपाल क्यान्सर अस्पतालमा २५ सेसन रेडियोथेरापी र ३ सेसन किमोथेरापी सम्पन्न भइसकेको छ भने एस्टर व्हाइटफिल्ड अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । चिकित्सकले पूर्ण स्वास्थ्य लाभका लागि अझै ५ सेसन किमोथेरापी सहित थप उपचार आवश्यक पर्ने बताएका छन् । उपचार प्रक्रिया लामो समयसम्म जारी रहने र अत्यधिक खर्चिलो भएकाले परिवार आर्थिक रूपमा गम्भीर संकटमा परेको जनाइएको छ । वर्षौंदेखि शिक्षा क्षेत्रमा समर्पित रहँदै सयौँ विद्यार्थीको भविष्य निर्माणमा योगदान पु¥याएकी शिक्षिका नेपाल अहिले आफ्नै जीवन बचाउने कठिन संघर्षमा हुनुहुन्छ । उहाँको उपचारलाई निरन्तरता दिन विद्यालय परिवार, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई सहयोगका लागि आग्रह गरिएको छ । मानवीय संवेदना र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्दै शिक्षिका दुर्गा नेपालको उपचारमा सक्दो सहयोग गर्न सबै पक्षसँग अनुरोध गरिएको छ ।
स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा सुधार, देउमाईको जीतपुर स्वास्थ्य चौकी उत्कृष्ट
गणेश घिमिरे असार २९, इलाम इलाम जिल्लाका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यान्वयनको अवस्था सुधारोन्मुख देखिएको छ । स्वास्थ्य
६५ वर्ष माथिका नागरिकमा क्षयरोगको संक्रमण उच्च, इलाममा १ सय ६९ बिरामी पहिचान, चुलाचुलीमा सबैभन्दा धेरै संक्रमित ।
गणेश घिमिरे असार २८, इलाम इलाम जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म ६५ वर्षभन्दा माथिका नागरिकमा क्षयरोगको संक्रमण सबैभन्दा बढी
इलाम अस्पताल बन्दै डायलासिस उपचारको भरपर्दो गन्तव्य
गणेश घिमिरे इलाम, असार २५ जिल्ला अस्पतालको समन्वयमा इलाम नगरपालिकाले मिर्गौला रोगीका लागि सञ्चालन गरिरहेको निःशुल्क डायलासिस सेवा पूर्वी नेपालको
.png)






प्रतिकृया दिनुहोस