स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा सुधार, देउमाईको जीतपुर स्वास्थ्य चौकी उत्कृष्ट 

गणेश घिमिरे
असार २९, इलाम 
इलाम जिल्लाका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यान्वयनको अवस्था सुधारोन्मुख देखिएको छ । स्वास्थ्य कार्यालय इलामले आयोजना गरेको स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यक्रमको समीक्षा तथा पारस्परिक अवलोकन भ्रमण कार्यक्रममा पछिल्ला तीन आर्थिक वर्षमा स्वास्थ्य संस्थाको सेवा गुणस्तरमा उल्लेखनीय प्रगति भएको जानकारी दिइएको हो ।

जिल्लाका १० वटा स्थानीय तहमा ४१ वटा स्वास्थ्य चौकी, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र तथा ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र रहेको छ । कार्यक्रममा स्वास्थ्य संस्थाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्दा अपनाउनुपर्ने सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र स्वास्थ्य संस्था सहयोग सेवा व्यवस्थापन सम्बन्धी सूचकको समीक्षा गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार यस वर्षको मूल्याङ्कनमा देउमाई नगरपालिकाको जीतपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्ड पूरा गर्दै जिल्लामै उत्कृष्ट बनेको छ । त्यसैगरी श्रीअन्तु स्वास्थ्य चौकी ९४ प्रतिशत अंकसहित पहिलो, इरौंटार स्वास्थ्य चौकी ८९ प्रतिशत अंकसहित दोस्रो तथा कोल्बुङ स्वास्थ्य चौकी ८७ प्रतिशत अंकसहित तेस्रो स्थानमा रहेका छन् । कार्यक्रममा सहभागीहरूले एकअर्काका स्वास्थ्य संस्थाको सेवा प्रवाह, व्यवस्थापन प्रणाली तथा उत्कृष्ट अभ्यासको अवलोकन गरी अनुभव आदान–प्रदान गरेका थिए ।

जिल्लाका स्वास्थ्य संस्थामा सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरमा निरन्तर सुधार भइरहेको देखाएको छ । यस्ता कार्यक्रमले स्वास्थ्य संस्थाबीच स्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो । स्वास्थ्य कार्यालय इलामका ल्याब टेक्निसियन निरीक्षक गोपाल बरालले न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयनले स्वास्थ्य संस्थाको सेवा गुणस्तर, सुशासन र सेवाग्राही सन्तुष्टि अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले नियमित मूल्याङ्कन, समीक्षा तथा पारस्परिक सिकाइको माध्यमबाट जिल्लाका सबै स्वास्थ्य संस्थालाई न्यूनतम सेवा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्न प्रेरित गरिने जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

शिक्षा बाँड्ने हात आज सहयोगको खोजीमा, क्यान्सर उपचारका लागि दुर्गा नेपालको अपिल

गणेश घिमिरे इलाम असार ६ इलामको सूर्योदय नगरपालिका–३ पशुपतिनगर स्थित मेहेलबोटे निवासी तथा नर्वदा कल्याण बोर्डिङ स्कुलमा विगत दुई दशकदेखि

६५ वर्ष माथिका नागरिकमा क्षयरोगको संक्रमण उच्च, इलाममा १ सय ६९ बिरामी पहिचान, चुलाचुलीमा सबैभन्दा धेरै संक्रमित । 

गणेश घिमिरे असार २८, इलाम  इलाम जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म ६५ वर्षभन्दा माथिका नागरिकमा क्षयरोगको संक्रमण सबैभन्दा बढी

इलाम अस्पताल बन्दै डायलासिस उपचारको भरपर्दो गन्तव्य

गणेश घिमिरे इलाम, असार २५ जिल्ला अस्पतालको समन्वयमा इलाम नगरपालिकाले मिर्गौला रोगीका लागि सञ्चालन गरिरहेको निःशुल्क डायलासिस सेवा पूर्वी नेपालको