इलाम अस्पताल बन्दै डायलासिस उपचारको भरपर्दो गन्तव्य

गणेश घिमिरे
इलाम, असार २५
जिल्ला अस्पतालको समन्वयमा इलाम नगरपालिकाले मिर्गौला रोगीका लागि सञ्चालन गरिरहेको निःशुल्क डायलासिस सेवा पूर्वी नेपालको भरपर्दो उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । सुरुमा दुई वटा मेसिनबाट आरम्भ भएको सेवा अहिले सात वटा आधुनिक मेसिनमार्फत सञ्चालन भइरहेको छ । यसबाट इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुमका मात्र नभइ झापाका बिरामीले समेत लाभ लिइरहेका छन् ।                                                            मिर्गौला रोगीका लागि जीवनदायी मानिने डायलासिस सेवा अहिले इलाम जिल्ला अस्पतालबाट प्रभावकारी र गुणस्तरीय रूपमा सञ्चालन भइरहेको छ । इलाम नगरपालिकाको पहल र अस्पतालको समन्वयमा सुरु भएको यो सेवा छोटो समयमै मेची पहाड मात्र होइन, झापा लगायतका तराई जिल्लाका बिरामीहरूको समेत विश्वासिलो उपचार केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनपछि इलाम नगरपालिकाका मेयर केदार थापाले इलाममै डायलासिस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको करिब सात महिनामै दुई वटा मेसिनबाट सुरु भएको सेवा अहिले विस्तार भएर सात वटा आधुनिक डायलासिस मेसिनमार्फत नियमित सञ्चालन भइरहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो । हाल इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित मेची पहाडका जिल्लाका बिरामीसँगै झापा लगायतका तराई क्षेत्रबाट पनि बिरामीहरू डायलासिसका लागि इलाम आउने गरेका छन् ।             गर्मी मौसममा तराईको अत्यधिक तापक्रमबाट राहत मिल्ने, सहज वातावरण र निशुल्क  उपचार गर्न पाइने भएकाले पनि धेरै बिरामीको रोजाइ इलाम अस्पताल बनेको छ । अहिले एक सिफ्टमा सातदेखि आठ जनासम्मले सेवा लिइरहेका छन् भने नियमित रूपमा ३० देखि ३२ जना बिरामीले डायलासिस गराइरहेको वार्ड इन्चार्ज आदित्य मण्डलले जानकारी दिनुभयो ।  नेपाल सरकारको व्यवस्थापनमा सञ्चालन भइरहेको यस सेवामा इलाम नगरपालिकाले समेत एक जना स्वास्थ्यकर्मी खटाएर सहकार्य गरिरहेको छ । यो सेवा पूर्ण रूपमा निःशुल्क भएकाले आर्थिक रूपमा कमजोर बिरामीलाई ठूलो राहत पुगेको छ । यसअघि डायलासिसका लागि जिल्ला बाहिर जानुपर्दा यातायात, बसोबास र उपचारमा ठूलो आर्थिक भार पर्ने गरेको थियो । अहिले इलाममै निःशुल्क र गुणस्तरीय सेवा उपलब्ध भएपछि समय, खर्च र दुःख तीनै कुरामा कमी आएको बिरामीहरुको अनुभव छ । तर अझैपनि इलाममै यस्तो अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध रहेको जानकारी अझै धेरै नागरिकसम्म पुग्न सकेको छैन ।                                 इलाम नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विस्तारलाई तीव्रता दिँदै लगेको छ । नगरपालिकाको पहल र भारतीय राजदूतावासको सहयोगमा इलाम अस्पताल परिसरमा ट्रमा सेन्टरसहितको आधुनिक इमर्जेन्सी अस्पताल निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ । डायलासिस सेवाको विस्तार, आधुनिक स्वास्थ्य पूर्वाधारको विकास र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढ्दै जाँदा इलाम जिल्ला अस्पताल पूर्वी नेपालको एक भरपर्दो स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । यसले मेची पहाडका दुर्गम जिल्लासँगै तराईका बिरामीलाई पनि नजिकै, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै नयाँ विश्वास जगाएको छ ।

प्रतिकृया दिनुहोस

शिक्षा बाँड्ने हात आज सहयोगको खोजीमा, क्यान्सर उपचारका लागि दुर्गा नेपालको अपिल

गणेश घिमिरे इलाम असार ६ इलामको सूर्योदय नगरपालिका–३ पशुपतिनगर स्थित मेहेलबोटे निवासी तथा नर्वदा कल्याण बोर्डिङ स्कुलमा विगत दुई दशकदेखि

स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा सुधार, देउमाईको जीतपुर स्वास्थ्य चौकी उत्कृष्ट 

गणेश घिमिरे असार २९, इलाम  इलाम जिल्लाका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यान्वयनको अवस्था सुधारोन्मुख देखिएको छ । स्वास्थ्य

६५ वर्ष माथिका नागरिकमा क्षयरोगको संक्रमण उच्च, इलाममा १ सय ६९ बिरामी पहिचान, चुलाचुलीमा सबैभन्दा धेरै संक्रमित । 

गणेश घिमिरे असार २८, इलाम  इलाम जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म ६५ वर्षभन्दा माथिका नागरिकमा क्षयरोगको संक्रमण सबैभन्दा बढी