पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता

गणेश घिमिरे
साउन १०, इलाम 
पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको बायोइन्जिनियरिङ नर्सरी स्थापना गरेको छ । इलाम नगरपालिका–१ साँखेजुङमा तीन रोपनी क्षेत्रफलमा स्थापना गरिएको नर्सरीबाट उत्पादन हुने घाँस जिल्लाका पहिरो प्रभावित सडक क्षेत्रमा रोपिने भएको हो । सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार नर्सरीमा हाल आठ हजार भेटीबर घाँसका बिरुवा तयार पारिएको छ । त्यसका साथै अर्गेली, ढुसलगायतका विभिन्न प्रजातिका बिरुवा गरी करिब ५० हजार बिरुवा उत्पादन गरिएको छ । ती बिरुवा सडक आसपासको भिरालो तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा रोपेर बायोइन्जिनियरिङ प्रविधिमार्फत पहिरो नियन्त्रण गरिने उहाँले बताउनुभयो ।

उत्पादन भएका बिरुवामध्ये भेटीबर घाँसलाई विशेष प्राथमिकताका साथ मेची राजमार्गका पहिरो प्रभावित क्षेत्रमा रोपिने योजना रहेको छ । विशेषगरी माइखोला–भन्ज्याङ सडक खण्ड, पुवाखोला–साँखेजुङ सडक खण्ड तथा अन्य उच्च जोखिमयुक्त सडक क्षेत्रमा यसको प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । मेची राजमार्गका विभिन्न स्थानमा वर्षेनी पहिरोका कारण सडक अवरुद्ध हुने, सडक संरचनामा क्षति पुग्ने र यातायात सेवा प्रभावित हुने समस्या दोहोरिँदै आएको छ । गहिरो र मजबुत जराका कारण माटोलाई बाँधेर राख्ने क्षमता भएको भेटीबर घाँसलाई पहिरो नियन्त्रणका लागि विश्वव्यापी रूपमा प्रभावकारी जैविक उपायका रूपमा प्रयोग गरिन्छ । सडक डिभिजन कार्यालयले संरचनागत निर्माणसँगै बायोइन्जिनियरिङ प्रविधिलाई पनि प्राथमिकतामा राख्दै दीर्घकालीन रूपमा सडक सुरक्षा र पहिरो न्यूनीकरणका कार्यक्रम अघि बढाएको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सहकारी क्षेत्रबाट भोटेकोशी बाढीपीडितका लागि ६ लाख ४० हजार राहत

गणेश घिमिरे भदौ २४, इलाम  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि इलामको सहकारी क्षेत्रले ६ लाख ४०

प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ

स्वर्गीय माता–पिताको स्मृतिमा राइ दम्पत्तिद्धारा  नारायणस्थानमा प्रवेशद्वार निर्माण

गणेश घिमिरे भदौ १९, इलाम धार्मिक तथा पर्यटकीय महत्व बोकेको इलामको नारायणस्थान मन्दिरमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ । इलाम नगरपालिका–७