बाढीपीडितका लागि इसाई समाज इलामबाट झण्डै साडे १० लाख राहत सङ्कलन
गणेश घिमिरे
भदौ २६, इलाम
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि इलामका इसाई समुदायले १० लाख ४८ हजार ५ सय १० रुपैयाँ राहत रकम सङ्कलन गरेका छन् । बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि पीडितको राहत र उद्धारमा सहयोग गर्ने उद्देश्यले जिल्ला इसाई समाज इलामको नेतृत्वमा राहत सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा जिल्लाका विभिन्न पालिकास्तरीय इसाई समाज, स्थानीय तहमा रहेका चर्च, सम्बन्धित व्यक्ति तथा संस्थाहरू सहभागी भएका हुन् । समाजका अनुसार २०८३ साल भदौ २४ गतेसम्म इलामका १ सय ३६ वटा चर्च तथा विभिन्न व्यक्ति र संस्थाबाट १० लाख ४८ हजार ५ सय १० रुपैयाँ सङ्कलन भएको हो । धार्मिक समुदायभित्र मात्र सीमित नरही विपदमा परेका नागरिकको पीडामा साथ दिनुपर्ने मानवीय भावनाका साथ राहत अभियान अघि बढाइएको समाजले जनाएको छ ।
सङ्कलित रकम बाढीपीडितको राहत तथा उद्धारमा प्रयोग होस् भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखामा रहेको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको जिल्ला इसाई समाज इलामका अध्यक्ष टेकबहादुर राईले जानकारी दिनुभयो । राहत रकम कोषमा जम्मा गरेपछि समाजले त्यसको विवरण समेत पारदर्शी रूपमा सार्वजनिक गरेको छ । रकम जम्मा गरिएको बैंक भौचरको प्रमाणित प्रतिलिपि सहित सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय इलाममा बुझाइएको छ । सो रकम जम्मा भएको जानकारी गराउँदै बाढीपीडितसम्म राहत पु¥याउने कार्यमा आवश्यक सहजीकरणका लागि प्रशासनलाई अनुरोधसमेत गरिएको छ । विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा मानवीय दायित्व भएको जिल्ला इसाई समाजका सचिबालय सदस्य लिलाप्रसाद थापाले बताउनुभयो । बाढीबाट प्रभावित नागरिकलाई आफ्नै दाजुभाइ तथा दिदीबहिनीका रूपमा सम्झेर प्रेम, सद्भाव र सहयोगको भावना साथ राहत सङ्कलन गरिएको उहाँको भनाइ छ ।
समाजका जिल्ला सचिब मोहन कुमार गुरुङ्ग (अशोक) ले प्राकृतिक विपद्ले नागरिकको जीवनमा गम्भीर संकट निम्त्याएका बेला धर्म, समुदाय र भूगोलभन्दा माथि उठेर मानवीय सहयोग गर्नु नै अहिलेको आवश्यकता रहेको जनाउँदै यही भावनाका साथ इलामका चर्च तथा इसाई समुदायले आफ्नो क्षमता अनुसार रकम जुटाएर बाढीपीडितको राहतका लागि सहयोग गरेको उल्लेख गर्नुभयो । विपद्को घडीमा राज्यका निकायसँगै विभिन्न सामाजिक तथा धार्मिक समुदाय पनि सहयोगमा जुटिरहेका बेला इलामका इसाई समुदायले सङ्कलन गरेको १० लाख ४८ हजारभन्दा बढी रकमले मानवीय संवेदना, सामाजिक एकता र विपद्मा परेकाप्रतिको साझा दायित्वलाई उजागर गरेको छ ।
इलाममा पनि मनाइयो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
गणेश घिमिरे असोज १५, इलाम आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । इलाममा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को
दुई दशक लामो पत्रकारितापछि राजनीतिमा पुनः सक्रिय, कांग्रेस महाधिवेशन प्रतिनिधिमा सोमनाथ सुसेलीको उम्मेद्धारी घोषणा
गणेश घिमिरे असोज १२, इलाम दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय वरिष्ठ इलामका सञ्चारकर्मी सोमनाथ अधिकारी ‘सुसेली’ले नेपाली कांग्रेसको १५
खेलकुदबाट राजनीतितर्फ धनजीत मुखिया, कांग्रेस क्षेत्रीय सदस्यमा उम्मेदवारी
गणेश घिमिरे असोज १२, इलाम इलाम नगरपालिका–४ जसबिरेका धनजीत मुखियाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय
.png)






प्रतिकृया दिनुहोस