खेलकुदबाट राजनीतितर्फ धनजीत मुखिया, कांग्रेस क्षेत्रीय सदस्यमा उम्मेदवारी
गणेश घिमिरे
असोज १२, इलाम
इलाम नगरपालिका–४ जसबिरेका धनजीत मुखियाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले अल्पसंख्यक कोटाबाट क्षेत्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय मुखिया पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय हुँदै आएका छन् । खेलकुदमार्फत युवासँग निरन्तर जोडिएका उनी अब राजनीतिक माध्यमबाट युवाका मुद्दा, आवश्यकता र आवाजलाई संस्थागत रूपमा उठाउने उद्देश्यसहित क्षेत्रीय सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका हुन् । मुखियाको खेलकुद क्षेत्रसँगको सम्बन्ध फुटबल, कराते र क्रिकेटसम्म फैलिएको छ । उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का रेफ्री हुन् भने रेफ्रि संघ इलामका उपाध्यक्षसमेत रहेका छन् । पूर्व कराँते खेलाडी मुखियाले विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
हाल उनी नेपाल कराते महासंघका राष्ट्रिय निर्णायकका रूपमा समेत सक्रिय छन् । विभिन्न विद्यालयमा कराते प्रशिक्षणसमेत दिँदै आएका छन् । त्यस्तै, उनले क्रिकेटतर्फ इलामबाट सातौँ राष्ट्रियपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । क्रिकेट अम्पायरिङको आधारभूत पाठ्यक्रम समेत पूरा गरेका मुखिया खेलकुदका विभिन्न विधामा सक्रिय रहँदै आएका छन् । विभिन्न संघसंस्थामा समेत आबद्ध रहेर सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएका छन् । खेलकुद क्षेत्रको यही लामो अनुभवलाई राजनीतिक यात्रासँग जोडेर युवाको पक्षमा काम गर्ने आफ्नो उद्देश्य रहेको मुखियाले बताएका छन् । युवालाई खेलकुदसँग जोड्दै उनीहरूको क्षमता र प्रतिभालाई स्थानीयस्तरमै विकास गर्ने वातावरण बनाउनुपर्ने उनको जोड छ । उनका अनुसार युवाको नेतृत्व र सहभागितालाई प्राथमिकतामा राखेर राजनीतिमा सक्रिय हुन थालेका हुन् । स्थानीय तहमा युवाको उपस्थिति र सक्रियता बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले राजनीतिक क्षेत्रमा पनि युवाका आवश्यकता र सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने उनको भनाइ छ । कांग्रेस सभापति गगन थापाको नेतृत्वमा पार्टीले नयाँ पुस्तालाई राजनीतिमा जोड्ने तथा संगठनलाई थप गतिशील बनाउने विषयलाई प्राथमिकता दिएको भन्दै मुखियाले आफू पनि त्यही अभियानसँग जोडिएर राजनीतिमा सक्रिय हुन चाहेको बताएका छन् ।
इलाम कांग्रेसको क्षेत्रीय अधिवेशन भोलि असोज १३ र १४ गते हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा विभिन्न क्षेत्रबाट नयाँ पुस्ताका आकांक्षीहरू उम्मेदवारी घोषणा गर्दै कांग्रेसको संगठनात्मक नेतृत्वमा प्रवेशका लागि प्रतिस्पर्धामा उत्रिरहेका छन् । मुखियाको उम्मेदवारीलाई पनि लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय युवाको राजनीतिक यात्राका रूपमा हेरिएको छ ।
दुई दशक लामो पत्रकारितापछि राजनीतिमा पुनः सक्रिय, कांग्रेस महाधिवेशन प्रतिनिधिमा सोमनाथ सुसेलीको उम्मेद्धारी घोषणा
गणेश घिमिरे असोज १२, इलाम दुई दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय वरिष्ठ इलामका सञ्चारकर्मी सोमनाथ अधिकारी ‘सुसेली’ले नेपाली कांग्रेसको १५
फुटबल मैदानदेखि कांग्रेस राजनीतिसम्म, क्षेत्रीय सदस्यमा पूर्णबहादुर लिम्बूको उम्मेदवारी
गणेश घिमिरे इलाम, असोज ९ खेलकुद तथा सामाजिक क्षेत्रमा सक्रिय पूर्णबहादुर लिम्बू (फत्र माइला)ले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम
कांग्रेस महाधिवेशन प्रतिनिधिमा जनकराज तिमिल्सिनाको उम्मेदवारी, सामाजिक सेवासँगै युवामाझ लोकप्रियता
गणेश घिमिरे असोज ५, इलाम नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत इलाम क्षेत्र नम्बर २ बाट खस आर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जनकराज
.png)






प्रतिकृया दिनुहोस