दुइदिने साहित्य महोत्सव अन्तिम तयारीमा 

गणेश घिमिरे
चैत्र २५, इलाम 
साहित्यको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा भोलिदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थाम्सुहाङल बताए । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा हुने महोत्सव सोमबारसम्म चल्नेछ ।

‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुने महोत्सवमा नेपाल र भारतका एकसय बढि साहित्यकारको सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्र राइृले बताउनुभयो । महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका  साहित्यकारको सहभागीता रहनेछ । महोत्सवमा पहिलो दिन ‘अंक, अर्थ र अध्यात्म’, ‘राजनीतिमा एजेण्डा कि अनुहार’, ‘कवितामा स्थानीय चेत’, ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’, ‘कला र आदिवासी सौन्दर्य चेतना’ र ‘कस्तो चेतना’ विषयमा छलफल हुनेछ । त्यस्तै दोस्रो दिन ‘लेखन सफल कि सार्थक’, ‘समावेशी लेखन र समकालीनता’, ‘महाभारादेखि टिष्टासम्म’, ‘मातृभाषा साहित्यमा शिल्प चेतना’, ‘फिक्सन डिजाइनर इन पोइट्री’, ‘जनआकांक्षा, विकास र पर्यावरण’, ‘नारी पर्या–साहित्य र सत्ता’ र ‘पहिचानको सङ्घर्ष’ विषयमा छलफल हुनेछ । २०७६ मा पहिलोपटक इलाममा साहित्य महोत्वस आयोजना गरिएको थियो । तर कोरोना भाइरस (कोभिड १९) महामारीका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिएपनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने अध्यक्ष थाम्सुहाङले बताए ।

प्रतिकृया दिनुहोस

प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

गणेश घिमिरे भदौ १९, इलाम इलामकी कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण गरिएको छ । पौडेलको साहित्यिक यात्राको सातौँ

उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे साउन २६, इलाम  इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको

उदित हाङ फागोको ‘कर्णालीका पुल’ सिर्जना सार्वजनिक, पूर्वदेखि पश्चिम जोड्ने सांस्कृतिक प्रयास 

गणेश घिमिरे साउन २६, इलाम  इलामको सूर्योदय नगरपालिका–फिक्कलका उदित हाङ फागोको सिर्जनामा ‘कर्णालीका पुल’ सार्वजनिक भएको छ । पूर्वी नेपालको