अरुलाई ऐना देखाउने मोदी आफू किन हेर्दैनन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाषण कलामा पोख्त मानिन्छन्। भारतमा लोकसभा चुनाव नजिकिएसँगै मोदी भाषणमा संयमतापूर्वक मिठासमा निकै ख्याल गर्छन्। उनले लामो समयपछि केही लेखेका छन्। जुन असाध्यै राम्रो छ। उनले त्यही लेखेका छन्, जुन अपेक्षित थियो। 

अहिले सोनीया गान्धी, राहुल गान्धी, प्रियंका गान्धी र मनमोहन सिंहसहित केही कांग्रेसका केन्द्रीय नेताहरु गुजरातमा छन्। उनीहरुले त्यहाँबाट कार्यसमिति बैठकदेखि चुनावी र्‍यालीसम्म गरिरहेका छन्। उनीहरु त्यहीबाट प्रधानमन्त्री मोदीलाई आगामी चुनावको चुनौती प्रस्तुत गर्न चाहन्छन्। 

मोदी प्राय: महात्मा गान्धीलाई स्मरण गर्छन चुनावीभन्दा केही महिना पहिलेदेखि। गान्धीको नाम लिनुको पछि मोदीको राजनीतिक स्वार्थ पनि जोडिएको छ।  मोदीले आफ्नो बल्गको सुरुवात यसरी गरेका छन्, "के तपाईंलाई थाहा छ ? गान्धी जीको डाँडी मार्चको योजनामा सबभन्दा महत्वपूर्ण भूमिका कसले निभाएको थियो? यसको पछि सबभन्दा ठूलो हात हाम्रा महान नेता वल्लभभाई पटेल थिए।"

जब एक मुट्ठी नमक ने अंग्रेजी साम्राज्य को हिला दिया !https://t.co/QVuDNCZoXL

— Narendra Modi (@narendramodi) March 12, 2019

यहाँ हाम्रो शब्दप्रति गम्भीर हुन जरुरी छ। यी शब्द हाम्रा गुजरातिहरुका लागि पनि हो। देशभक्त हरेक नागरिकका लागि पनि हो। यहाँ पटेल तिनै व्यक्ति हुन् जसले गृहमन्त्री हुँदा भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघमाथि प्रतिबन्ध लगाएका थिए। प्रतिबन्धको मुल कारण पनि गान्धीजीको हत्या नै थियो। 

त्यसबेला प्रतिबन्ध लगाएपछि तत्कालिन सरसंघचालक माधव सदाशिव गोलवलकरले सरदार पटेललाई एक पत्र लेखेका थिए। त्यसको  जवाफमा ११ सेप्टेम्बर १९४८ मा पटेलले लेखे, "संघले हिन्दु समाजको सेवा गरेको छ। तर आरएसएस बदलाको मनसायले मुसलमानमाथि हमला गरेको छ। तपाईंको हरेक भाषणमा साम्प्रदायिक जहर भरिएको छ। जसको परिणामस्वरुप मुलुकले गान्धीजस्तो नेता गुमाउनुपर्‍यो। गान्धी हत्यापछि आरएसएसकी सदस्यहरुले खुशीयाली मनायो र मिठाइ बाँडियो। जसका कारण सरकारले आरएसएसमाथि प्रतिबन्ध लगाउनु पर्‍यो।"

यसका बाबजूद पनि मोदीले यदी पटेलको तारिफ गरेभने के उनको बड्‍प्पन मान्‍ने वा कपटपूर्ण चलाखीपन ?

आफ्नो ब्लगमा मोदीले लेखेका छन्, "भारतीय कांग्रेसको संस्कृती र व्यवहार गान्धीवादी विचारधाराभन्दा विपरित भइसकेको छ।" 

उनको यो भनाइ एक सही छ। कांग्रेसले लाख कोशिस गरेपनि आफूलाई गान्धीका सच्चा वारिस सावित गर्न सक्दैन। कांग्रेसको कलंकको फेहरिस्त केही लामो छ जुन कर्तुतका पानाहरु मोदीले आफ्नो राजनीतिक फाइदाका लागि पल्टाइरहन्छन्। 

तर, कांग्रेसको आलोचना गरेर मोदीले आफ्ना सियासर र विरासतलाई पनि लुकाउन सक्दैनन्। कयौंपटक ती कर्तुतहरु आफैं साम्ने आउँछन्। जुन मुद्दामा मोदीले कांग्रेसको आलोचना गर्छन् त्यही अनुसार मोदीले बिजेपी र उनका प्रेरणाश्रोतको आचरण कति पालना गरेका छन् भन्‍ने प्रश्न उठ्छ।

मोदीको ब्लगमा एउटा वाक्य यो पनि थियो, " कांग्रेसले समाज विभाजित गर्नका लागि कुनै कसर बाँकी राखेको छैन। सबभन्दा बढी जातिगत दंगा र दलित नरसंहार कांग्रेसकै शासन कालमा भएका छन्।"

यही वाक्यलाई गम्भीर रुपमा हेर्दा मोदीको गुजरात क्षेत्र र देशभर पछिल्ला पाँच वर्षमा भएका दंगा र आन्दोलनलाई तुलना गर्नै पर्दैन। कांग्रेसको आलोचना गर्नु स्वभाविक छ। तर बिजेपी पनि दुधले नुहाएको छैन। उसको पनि आलोचना हुनुपर्छ। बिजेपी कांग्रेसभन्दा ठिक विपरित छ भन्‍ने मोदी देखाउन चाहन्छन्। उनको मान्यता छ कि कांग्रेसमा सबै काला (भ्रष्ट) छन् र बिजेपीमा सबै गोरा (नैतिकवान) छन्। तर, दुवै पार्टीमा केही राम्रा पनि छन् भने केही निकै भ्रष्ट पनि छन्। 

मोदीले आफ्नो बल्गमा लेखेका छन्, " बापुले त्यागको भावनामा जोड दिँदै आवश्यकताभन्दा बढी सम्पत्तिको पछि दौडिनु राम्रो होइन भन्ने शिक्षा दिएका थिए। तर कांग्रेसले यस शिक्षाको विपरित आफ्नो बैंक खाता भर्न र सुख सुविधा तथा विलासी जीवशैलीमा विशेष ध्यान दिएका छन्।"

दुनियाँको सबभन्दा ठूलो राजनीतिक पार्टीका शिर्ष नेता अर्बपतिसँग हुँखा निकै खुशी देखिन्छन्। मानौं कि ती उद्योपतिले देशका निर्धनहरुको सेवा गरेर अर्बौं कमाए। अहिलेको शासक वर्ग र कर्पोरेट दुनियाँको सम्बन्ध त्यस्तै छ जस्तो कांग्रेसको थियो। केही व्यक्तिहरुले त त्यो तस्बिर अहिले पनि सामाजिक सञ्‍जालमा राखिरहेका छन्- जसमा अर्बपति मुकेश अम्बानी प्रधानमन्त्री मोदीको पिठ्‍युमा हात राखेर उभिएका छन्। 

प्रधानमन्त्री मोदीले कांग्रेसको वंशवादप्रति पनि कडा व्यंग्य गरेका छन्। वशंवाद कांग्रेसको ठूलो कमजोरी हो। जसको मोदीले भरपूर फाइदा उठाउन जानेका छन्। 

मोदीले आफ्नो बल्गमा लेखेका छन्, "बापु वंशवादी राजनीतिको निन्दा गर्नुहुन्थ्यो। तर सबभन्दा पहिले खानदान भन्‍ने अहिलेको कांग्रेसको मुलमन्त्र भइसकेको छ।"

वंशवाद कांग्रेसको पहिचानजस्तै भइसकेको छ भन्‍नेमा कुनै शंका छैन्। जब एक गान्धीबाट काम नचलेर पछिल्लो समय प्रियंकलाई पनि मैदानमा उतारिएको छ। कांग्रेसमा सायदै कोही व्यक्ति परिवारबाट बाहिरको व्यक्ति नेतृत्वमा आउन सक्छ। नरसिंह राव र सीताराम केशरीजस्ता क्षमतावान व्यक्तिको पार्टीभित्र कुनै नाम छैन। किनकी उनीहरु गान्धी परिवारमा परेनन्। 

एउटा कुरा साँचो के हो भने बिजेपीका दुई शिर्ष नेताका परिवारमा कोही पनि व्यक्ति सक्रिय राजनीतिमा छैनन्। तर, राजनाथ सिंह, बसुन्धरा राजे, येदियुरप्पा र लालजी टन्डनजस्ता पार्टीका केन्द्रीय नेताका सन्तानलाई भने राजनीतिमा सेट गरिएको छ। यद्पी बेजेपीले यो दाबी गर्न सक्दैन की ऊ वंशवादको विरुद्धमा छ। 

इमरजेन्सी कांग्रेसको एक यस्तो इतिहास हो जुन कांग्रेसले पखाल्न निकै मुश्किल हुन्छ। इमरजेन्सीप्रति जुन आलोचना हुन्छ त्यसको जवाफ कांग्रेसले दिन सक्दैन। 

मोदीले आफ्नो बल्गमा लेखेका छन्, "कांग्रेसले मुलुकमा आपतकालकव घोषणा गरेको थियो। जुन बेला हाम्रो लोकतान्त्रिक भावनामाथि नै प्रहार गरिएको थियो। कांग्रेसले धारा ३५६ को कयौंपटक दुरुपयोग गरेको छ। यदी कोही नेता उसलाई चित्त बुझेन भने आफ्नै पार्टीको नेतृत्वको सरकार पनि बर्खास्त गर्थ्यो।"

प्रधानमन्त्री मोदीले जे कुरा पनि लेखेका छन्। त्यसको एक-एक शब्द सही छ। यदी यिनै मानकहरुमा बीजेपीलाई राखेर तुलना गर्ने हो भने केही कर्तुतहरु आफैं बाहिर आउँछन्। अरुणान्चल प्रदेशमा सरकार ढलाएर राष्ट्रपति शासन लगाउने बीजेपीको फैसलाको १३ जुलाई २०१६ मा सर्वोच्च अदालतले उल्ट्याइ दिएपछि नबाम टुकीलाई दोस्रो पटक मुख्यमन्त्री बनाएको थियो।  यसैगरी उत्तराखण्डमा कांग्रेसका हरीश रावत नेतृत्वको सरकारलाई पनि ढलाएको थियो। बीजेपीको यस फैसलाको पनि सर्वोच्च अदालतले १२ मे २०१६ मा गलत ठहर्‍याउँदै हरीश रावतलाई पुन: मुख्यमन्त्री घोषणा गर्न आदेश दिएको थियो। 

यो त धारा ३५६ को दुरुपयोगको कुरा। अब लोकतान्त्रिक भावनाको विषयमा कुरा गर्दा - "यदी कोही बीजेपी विरोधी व्यक्तिले लोकतन्त्र विरोधी कुरा गर्दा उसलाई नै बर्खास्त गरिन्छ"अटल बिहारी वाजपेयीको क्याबिनेटका वरिष्ठ मन्त्री रहेका यशवंत सिन्हाको अनुभव छ।

"इन्दिरा गान्धीले संविधानको संवैधानिक तरिकाबाटै नस्ट गर्‍यो। उनले आपतकाल घोषणा कसरी गरिन्छ भन्‍ने कुरा देखाइन्। तत्कालिन प्रधानमन्त्रीले संविधान खारेज गरेनन् की उनले संवैधानिक अथवा लोकतान्त्रिक संस्थानको नै खारेज गरिन्। यस बेला आपतकालको जस्तै अवस्था सिर्जना भएको थियो।"

अहिले मोदी कांग्रेसलाई वंशवादी राजनीति गरेको र  आफूले निस्वार्थ राष्ट्र सेवा गरेको ठान्छन्। तर, उनी देखावटी राष्ट्रवादी स्वघोषित गरेर  राजनीति गरिरहेका छन्। त्यो पनि चुनावमुखी राजनीति। चुनाव आउन अझै समय छ। उनी अझै धेरै कुरा लेख्नेछन् र बोल्नेछन्। उनी अरुलाई ऐना देखाउँछन् तर आफू हेर्दैनन्।

प्रतिकृया दिनुहोस

मम्मी छोरी हुन डर लाग्यो !

आज मैले मम्मीसँग भने – मामु मलाई छोरी मान्छे बनिरहन डर लाग्यो । मलाई छोरा बनाइदिनुस् । मम्मी केही बोल्न सक्नुभएन मलाई हेरीमात्रै रहनुभयो । साच्चै नै

मन्त्रीज्यू ! कनिकुथी 'इङ्लिस' बोल्नुपर्दैन

एभ्रीबडी नो, ह्वाट अटोमेसन ? बट नो टाइम... एक्स्प्लानेसन !’ 'बट नो टाइम' भनेपछि मन्त्री अड्किए । १० सेकेन्ड जति ‘पज’ लिएर मन्त्री यादव फेरि बोले,

अन्योलमा युवा

नी  २० वर्षर्की छिन् । अंग्रेजी र नेपाली सँगसँगै बोल्छिन् । अझै अंग्रे्रेजी नै धेरै होला ! स्मार्ट छिन् । पटकपटक ‘सिट’ ‘डह’ जस्ता शब्दको प्रयोग