मम्मी छोरी हुन डर लाग्यो !
आज मैले मम्मीसँग भने – मामु मलाई छोरी मान्छे बनिरहन डर लाग्यो । मलाई छोरा बनाइदिनुस् । मम्मी केही बोल्न सक्नुभएन मलाई हेरीमात्रै रहनुभयो । साच्चै नै अब हामी छोरीलाई बाँच्न गाह्रो भएजस्तो लाग्छ । केही दिन पहिले एउटा पत्रिकामा पढेँ – चौहत्तर वर्षकी हजुरआमाको बलात्कार भयो रे । अस्ति आठ महिनाकी बहीनी बलात्कारपछि मारिइन् । यसरी दिनैपिच्छे अखबारका पानामा आउने बलात्कारका घटनाले मनमा एक किसिमको डर पैदा गरेको छ । अब भोलि कस्को पालो होला ?
बलात्कारका घटना धेरै छापिएपछि मम्मीले मलाई अखबार पढ्न बन्द गरिदिनु भयो । उहाँको मनमा एउटा डर छ कतै यस्तो घटना ममाथि नहोस् । हरेक दिन म स्कुलको लागि निस्कन्छु मम्मीले एउटै कुरा भन्नुहुन्छ, अलि चनाखो हुनु है ! अनि स्कुलबाट फर्किन्छु अनि कस्तो पढेर आयौ छोरी कसैले तिम्रा प्राइवेट अंगहरू त छोएन ? भनेर सोध्नुहुन्छ । मलाई दिनमा दुई पटक मेरा प्राइवेट अंगहरु कुन हुन् भनेर सम्झाउनु हुन्छ । अनि कसैलाई छुन नदिनु है भनी सिकाउनु हुन्छ । म आत्तिई सकेँ मेरा मम्मीका ‘‘तिमीलाई कसैले छोयो कि ?’’ भनेर डराउँदै सोधिएका प्रश्नले । अनि म आत्तिइसके हरेक दिन अखबारमा बलात्कारका समाचार पढ्दा ।
म कहाँ सुरक्षित छु ? मैले पढ्ने विद्यालयमा, म हिँड्ने बाटोमा ? म बस्ने घरमा ? कहाँ ? कहाली लागेर आउँछ सम्झिँदा र दिक्क लाग्छ आफ्नै समाजले दिएको लिङ्ग धारण गर्न । आफूलाई सुरक्षित महसुस गर्न पनि लिङ्ग परिवर्तन गर्न मन लाग्छ । आज देश निर्मला दिदीको घटनाले तातेको छ । अझै उहाँको बलात्कारी फेला पर्नसकेको अवस्था छैन । हामीलाई त स्कुलमा सर, म्यामहरूले केही भयो भने पुलिसकोमा जानुपर्छ त्यहाँ ‘पुलिस अंकलले सहयोग गर्नुहुन्छ’ भनेर सिकाउनु हुन्छ । त्यसो हो भने निर्मला दिदीका लागि कहाँ जानु भयो त पुलिस अंकलहरू ?
मलाई सानैदेखि मेरो मम्मीले कहीले पनि राजकुमार र राजकुमारीका कुथा सुनाउनु भएन । कथामा राजकुमारीलाई घोडामा आएको राजकुमारले लान्छ भन्ने मेरा स्कुलका साथीबाट सुने । मलाई सधैँ रातिमा सुत्ने बेला मम्मीले मदर टेरेसा जस्तो बन्नु, सामाजिक काम गर्नुपर्छ, फ्लोरेन्स नाइटेङ्गल्सजस्ती नर्स बनेर रोगीको सेवा गर्नुपर्छ, मंगलादेवी र सहाना प्रधानजस्तो ‘बोल्ड’ राजनीतिज्ञ हुनुपर्छ भन्ने सिकाउनु हुन्थ्यो । त्यसैले पनि होला मैले सानोमा घोडामा चढेर राजकुमार आउने सपना कहिल्यै देखिन । सधैँ समाज सेवा गर्ने र सबैको आर्शीवाद बटुल्दै प्रत्येक अखबारका पानामा फोटोसहित आउने सपना बुन्थेँ । तर, आजको अवस्थाले अखबारका पानामा फोटो त आउला तर फलानो बलात्कारपछि हत्या गरिएछ भनेर पो आउँला कि भन्ने डर लाग्छ । अनि मलाई आफ्नो लिङ्ग परिवर्तन गरी छोरीबाट छोरा हुन मन लागेको हो ।
मेरो स्कुलको उमेर सुरु हुनेताका म मामा घरमा थिएँ । मामाघरको बुबा सैनिक भएकोले मलाई म तीन वर्षकै उमेरमा मुठ्ठी पारेर हातले अरूलाई हान्न सिकाउनु हुन्थ्यो । पछि स्कुलमा त्यसैगरी गुरुले सिकाउन थाल्नु भो । त्यसलाई कराँते भनिदो रहेछ । बुबाले मलाई संगीना वैद्य दिदीको कराँतेका भिडियो देखाउनु हुन्छ । अरू साथीहरुले जस्तो टम एन्ड जेरी मैले मुस्किलले दिनमा बीस मिनट हेर्न पाउँथे । बुबासँग बस्दा सैनिक लडेको, देश बचाएको, आमा, दिदीबहिनीलाई सुरक्षा प्रदन गरेको या कराँते र उसुका भिडियो देखाउनु हुन्थ्यो ।
त्यसबेला मेरो सानो बालक मस्तिष्कले ती ठूला कुरा बुझ्दैन थियो । आज बल्ल बुझ्दैछु । सायद बुबालाई नातिनी पाएको खुसी त थियो होला तर असुरक्षाको डर पनि त्यति नै हुँदो हो । र, त मलाई सानैदेखि म छोरी कमजोर छुँ भन्ने होइन म बहादुर छु भन्न सिकाउनु भएको होला । धन्यवाद बुबा हजुरले मलाई जे सिकाउनु भयो । तर, त्यो हजुरको सिकाइले खै म कसरी सुरक्षित रहन सकुँला र आफूलाई ? बुबा ! बलिया पाखुरा भएका हातले मेरा मुख छोप्दै, मलाई समात्दा कसरी उम्किन सकुला र ? त्यसैले बुबा हजुरको डर मेटाउन म नातिनीबाट नाति हुन चाहन्छु ।
मैले मेरो स्कुलको ‘फी’ तिरेर ल्याएको रसिद हेर्दै मेरो बाबामम्मी शिक्षामा पनि ‘कर’ लगाएको छ, हे भगवान कसरी हो यस्तो मंहगीमा बाच्ने भनेर कुरा गरेको सुन्छु । अनि मनमनै सोच्छु, गुणस्तरीय शिक्षाको लागि मेरा अभिभावकले सरकारलाई शिक्षामा लाग्ने ‘कर’ तिरेर प्राइवेट स्कुलमा पढाउन पठाउनु भएको छ । कम से कम शिक्षाबाट उठाएको वा मैले पढे बापत सरकारलाई तिरेको करले गुणस्तरीय शिक्षा प्रदान गर्न नसके पनि मेरो र मजस्ता नानीहरूको लागि सुरक्षाको त व्यवस्था गर सरकार ! होइन भने आज लिङ्ग परिवर्तन गर्ने सोच ममा आएको छ । भोलि समाजमा छोरी या त आमाको गर्भमा नै मारिएलान् या त जन्मिएपछि पनि लिङ्ग परिवर्तन गरि पुरुष बन्लान् ।
के पुरुषमात्रै भएको देश कल्पना गर्न सकिएला सरकार ?
कक्षा सात
मेरिडियन स्कुल, बालुवाटार
जलशासन र जलवायु सहनशीलता
(Introduction / परिचय) English: Water governance and climate resilience are closely interconnected concepts in today’s world. Climate change is significantly affecting water availability, distribution, and quality. Without effective water governance, it becomes very difficult to cope with risks such as floods, droughts, and water
अरुलाई ऐना देखाउने मोदी आफू किन हेर्दैनन् ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भाषण कलामा पोख्त मानिन्छन्। भारतमा लोकसभा चुनाव नजिकिएसँगै मोदी भाषणमा संयमतापूर्वक मिठासमा निकै ख्याल गर्छन्।
मन्त्रीज्यू ! कनिकुथी 'इङ्लिस' बोल्नुपर्दैन
एभ्रीबडी नो, ह्वाट अटोमेसन ? बट नो टाइम... एक्स्प्लानेसन !’ 'बट नो टाइम' भनेपछि मन्त्री अड्किए । १० सेकेन्ड जति ‘पज’ लिएर मन्त्री यादव फेरि बोले,
.png)






प्रतिकृया दिनुहोस