दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित

गणेश घिमिरे
पुष २१, इलाम
निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । खनालले एकसय ७ मत पार्दै निर्वाचित बन्दा उहाँका निकटतम प्रतिष्पर्धीहरु निरोज राउतले ७७ र राजकुमार भक्तराजले ५३ मत प्राप्त गर्नुभयो । खनाल यसअघि नवौ अधिबेशनमा पनि अध्यक्षका उम्मेद्धार हुनुन्थ्यो । तर उक्त निर्वाचनमा सन्तोष कटुवालसंग ९ मतान्तरले पराजित बन्नु भएको थियो । कटवालले ९९ मत प्राप्त गर्दा खनालले ९० मत पाउनु भएको थियो । निर्वाचित भएपछि अध्यक्ष खनालले अध्यक्षको रुपमा अघि सारेको एजेण्डालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी हुनु भएको छ । उहाँले प्रमोद शेर्पा वाङ्दीलाई पराजित गर्नुभयो । तामाङले १ सय २३ मत पाउँदा शेर्पाले १ सय ५ मत पाउनुभयो । उपाध्यक्षमा सृजन देवान विजयी बन्नुभयो । उहाँले १ सय ३३ मत पाउँदा दिनेश शेरजंग खड्काले ८८ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी बन्नुभयो । उहाँले १ सय ३५ मत पाउँदा निकटतम प्रतिद्धन्दि सन्तोष भक्तराजले ९५ मत पाउनुभयो । सदस्यमा सुप्रिम राई (१६५), प्रितम लिम्बू (११९), ज्ञान बहादुर प्रधान (११४), गञ्ज बहादुर प्रधान (९८), खगेन्द्र बुढाथोकी (९२) र रोशन महत (९६) मत प्राप्त गर्दै बिजयी बन्नु भएको छ । ६ सदस्य पदका लागि १२ जनाबीच प्रतिस्पर्धा भएको थियो । संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । संघमा दर्ता भएका तीनसय ६ वटा निर्माण कम्पनि फर्मका प्रतिनिधि मध्ये मतदानमा जम्मा २ सय ३५ मात्र मत खसेको थियो । शनिबार राती अबेर मात्र मतगणना सकिएको थियो । सर्बसम्मत रुपमा सहमतिमा संघको नेतृत्व संगै कार्यसमिति चयन गर्ने पटक पटकको प्रयास बिफल भएपछि अन्तत निर्वाचन नै भएको थियो ।

राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
इलाम, बैशाख ९, इलाम राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना
गणेश घिमिरे असार २७, इलाम इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा
गणेश घिमिरे बैशाख ८, इलाम नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट
प्रतिकृया दिनुहोस