राप्रपा इलामले पनि प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

इलाम, बैशाख ९, इलाम
राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले इलामका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने केन्द्रीय कार्यक्रम अनुसार राप्रपा इलामले पनि ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा पूर्व न्यायधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित तीनकुने घटनाको निष्पक्ष छानबिन आयोग गठन गर्नुपर्ने, छानबिनका लागि गृहमन्त्रीले राजनामा दिनुपर्ने, दमनको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन गर्नुपर्ने, सो घटनामा मृत्यु भएका सबिन महर्जन र सुरेश रजकलाई शहिद घोषणा र क्षतीपूर्तीको ब्यबस्था गर्नुपर्ने, घाईतेहरुको निशुल्क उपचार गर्नुपर्ने, आस्थाका बन्दी रिहा गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, सरकारको घुसपैठ बन्द गर्नुपर्ने जस्ता बिषयहरु समाबेश रहेको राप्रपा इलामका प्रबक्ता गोपाल पौडयालले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउन राप्रपा अध्यक्ष राजेन्द्र चौहान सहित राप्रपाका नेताहरु धनबहादुर थापा, टिकाराम चौहान लगायतको उपस्थिती रहेको थियो ।

दुईजना प्रतिष्पर्धीलाई पछि पार्दै दोस्रो पटकको प्रयासमा खनाल अध्यक्षमा निर्वाचित
गणेश घिमिरे पुष २१, इलाम निर्माण ब्यबसायी संघ इलामको १० औं जिल्ला अधिबेशनबाट अध्यक्षमा डिल्लि खनाल निर्वाचित हुनुभएको छ । दुईजना प्रतिष्पर्धीलाई

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना
गणेश घिमिरे असार २७, इलाम इलाम सदरमुकाममा सामुदायिक पुस्तकालय स्थापना गरीएको छ । इलाम नगरपालिका स्थित अरनीको संग्राहलयमा गजराजसिंह थापा

चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना हो ः महामन्त्री थापा
गणेश घिमिरे बैशाख ८, इलाम नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडीको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहेलना रहेको बिचार प्रकट
प्रतिकृया दिनुहोस