साडे १६ लाख बढिको लागतमा एकतप्पामा खानेपानी आयोजना निर्माण गरिदै

गणेश घिमिरे
बैशाख ३१, इलाम
स्वच्छ, ब्यबस्थित र पर्याप्त खानेपानीको अभाव झेलिरहेका इलाम फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका बासिन्दाहरु अब यो समस्याबाट मुक्त पाउने भएका छन् । वडा नम्बर ७ एकतप्पामा यामबरक डाँडागाउँ खानेपानी आयोजना निर्माणधिन अवस्थामा रहेको र निर्माण सम्पन्न पश्चात सो गाउँबासिलाई राहात मिल्ने भएको हो । सोह«लाख ६१ ह्जार २ सय ४४ रुपैंयाँको लागतमा निर्माण थालिएको सो योजना चालु आर्थिक बर्षको अन्त्यसम्म सकिने भएको छ । आयोजनाबाट २१ घरधुरीका एकसय ७ जनसंख्या लाभान्वित हुनेछन् । आयोजना निर्माणका लागि सहयात्रा नेपालको पहलमा टेवा काठमाडौं र पालिकाको साझेदारीमा योजना बनिरहेको छ । जसमा टेवा काठमाडौंको ५ लाख, गाउँपालिकाको ३ लाख ९४ हजार रुपैंयाँ आर्थिक लगानी गरेको र बाँकी ७ लाख ६७ हजार रुपैंयाँ उपभोक्ताको जनश्रमदानबाट निर्माण भइरहेको संस्थाका फिल्ड प्राबिधिक शेरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार २१ घरधुरीमा धारा समेत जडान गरिनेछ ।
यो योजना निर्माण सम्पन्न भएसंगै सोही गाउँपालिकामा दुईवटा खानेपानी योजना सम्पन्न हुनेछ । यसअघि टेवा काठमाडौं र पालिकाकै साझेदारी तथा जनश्रमदानमा करिब १५ लाख रुपैंयाँको लागतमा धार्नेखोप खानेपानी योजना सम्पन्न भइसकेको छ । त्यस योजनाबाट २५ घरधुरी लाभान्वित भएका छन् । जलबायू परिवर्तन संगै जैबिक बिबिधता, महिलाहरुलाई आत्मनिर्भर बनाउन समूह गठन गरेर अग्र्यानिक तरकारी खेतीमा लगानी संगै खानेपानीको मुहान संरक्षणमा सहयात्रा नेपाल मार्फत टेवा काठमाडौंले आर्थिक सहयोग गर्दै आएको संस्थाकी अध्यक्ष हेमकुमारी (गंगा) शिबाले जानकारी दिनुभयो । इलाम जिल्लालाई नै कार्यक्षेत्र बनाएर आएको उक्त संस्थाले पालिकासंग साझेदारीमा काम गर्दै आएको छ । अध्यक्ष शिबाका अनुसार सन् २०२१ देखि खानेपानीको मुहान संरक्षणको काम गर्दै आएकोमा हालसम्म ६ वटा खानेपानी योजना निर्माण भइसकेका छन् भन् निर्माणधिन अवस्थामा चारवटा योजना रहेको छ । जसमा खानेपानी योजनामा मार्फत सहयात्रा मार्फत टेवा नेपालले ३५ लाख लगाानी गरिसकेको छ । संस्थाले खानेपानीको मुहान संरक्षण संगै खानेपानी योजनाहरुमा लगानी गर्दै योजना बनाउन थालेपछि पिउने पानीको अभावमा काकाकुल बनेका नागरिहरुमा हर्षित बनेका छन् ।

राहसलका बालबालिकालाई घरेलुको सहयोग
इलाम, जेठ २३ इलाम नगरपालिका ९ मा रहेको राहासल बाल गृहमा आश्रित बालबालिकालाई खाद्यान्न र स्टेशनरी प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय

फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा
गणेश घिमिर जेठ २३, इलाम इलाम सदरमुकाममा भोलि (शनिबार) हुने फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

इलाममा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
गणेश घिमिरे जेठ २१, इलाम आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइएको छ । इलाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस
प्रतिकृया दिनुहोस