खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता

गणेश घिमिरे
जेठ १४, इलाम
इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल खेललाई प्रबद्र्धन र बिकास गर्दै यस खेलप्रति आकर्षण र इलामबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्येश्यले आउँदो जेठ २४ गते यो प्रतियोगिता हुन लागेको जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष तारानिधि घिमिरेले बताउनुभयो । इलामकी प्रत्रकार एवं पत्रकार महासंघ कोशि प्रदेशकी सदस्य बुद्धमाया सोङ्मीको आमाको स्मृतिमा यो प्रतियोगिता आयोजना गरिन लागेको हो । अन्य सामाजिक क्षेत्रहरुमा आर्थिक सहयोग गर्दै आउनु भएकी पत्रकार सोङमीले फूटबल, भलिबल संगै चेस खेलमा पनि सहयोग गर्दै आउनु भएको छ । प्रतियोगिताका लागि पत्रकार सोङ्मीले एकलाख रुपैंयाँ प्रदान गर्ने निश्चित भइसकेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा कोशि प्रदेशका बिभिन्न जिल्लाबाट चेस खेलाडीको सहभागिता रहनेछ । बिभिन्न पाँच बिधामा यो खेल खेलाइनेछ ।
खुल्ला, अनरेटेड, खुल्ला १६ बर्ष मुनिको महिला÷पुरुष, इलाम खुल्ला, १६ बर्ष मुनिको इलाम खुल्ला बिधा रहनेछ । त्यसमा खुल्ला बिधामा प्रथम हुनेले २० हजार, दोस्रोले १० हजार, तेस्रोले ७ हजार, चौथोले ६ हजार, पाँचौंले ५ हजार र छैठौं देखि दशौं स्थान हासिल गर्नेले जनहि ४÷४ हजार रुपैंयाँ पुरस्कार पाउनेछन् । यस्तै अनरेटेड च्याम्पियनले ४ हजार, खुल्ला १६ बर्ष मुनिको पुरुष र महिला तर्फको च्याम्पियनले २५÷२५ सय रुपैंयाँ पाउनेछन् । यस्तै इलाम खुल्लातर्फ पहिलो हुनेले ३ हजार, दोस्रो र तेस्रोले २÷२ हजार र चौथो हुनेले एकहजार पुरस्कार पाउनेछ । यस्तै १६ बर्ष मुनिको इलाम खुल्लाको पहिलो हुनेले २५ सय, दोस्रो र तेस्रो हुनेले २÷२ हजार रुपैयाँ पाउनेछन् । यस्तै भेट्रान उत्कृष्टले ४ हजार पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब एकलाख ३० हजार रुपैंयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
भर्खरै मात्र जिल्लामा जिल्ला बुद्धिचाल संघको आठौं जिल्ला अधिबेशनबाट नयाँ कार्य समिति आउन साथ जिल्लामा प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको हो । प्रदेश स्तरीय प्रतियोगिता सम्पन्न पश्चात राष्ट्रि स्तरको प्रतियोगिताको तयारीमा जुट्ने संघले जनाएको छ । प्रतियोगिता स्विस लिगको आधारमा सात राउण्डसम्म हुनेछ ।

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको

साडे १६ लाख बढिको लागतमा एकतप्पामा खानेपानी आयोजना निर्माण गरिदै
गणेश घिमिरे बैशाख ३१, इलाम स्वच्छ, ब्यबस्थित र पर्याप्त खानेपानीको अभाव झेलिरहेका इलाम फाकफोकथुम गाउँपालिका स्थित एकतप्पाका बासिन्दाहरु अब यो
प्रतिकृया दिनुहोस