फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा

गणेश घिमिर
जेठ २३, इलाम
इलाम सदरमुकाममा भोलि (शनिबार) हुने फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । चेसको खेलको विकास, विस्तार र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । जिल्ला बुद्धिचाल संघको आयोजना र कोशी प्रदेश बुद्धिचाल संघको सह आयोजना हुन लागेको प्रतियोगितामा सहभागिता जनाउन कोशि प्रदेशका इलामका बिभिन्न स्थान सहित झापा, पाँचथर, सुनसरी, मोरङ सहित अन्य जिल्लाबाट खेलाडी आउनेक्रम जारी रहेको छ । बिहान ८ बजेसम्म सबै खेलाडी आइपुग्ने आयोजक जिल्ला बुद्धिचाल संघका अध्यक्ष तारानिधि घिमिरेले जानकारी दिनुभयो । इलाम सहित जिल्ला बाहिरबाट आउने खेलाडी बस्नका लागि बजार क्षेत्रमा रहेका बिभिन्न होटलको ब्यबस्था गरिएको छ । त्यसका लागि होटल ब्यबसायि संघ अध्यक्ष देवी पौडेलले सहयोग गर्नुभएको छ ।
प्रतियोगितामा करीब एकसय २० जना खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा विभिन्न २९ विधामा पुरस्कार प्रदान गरिनेछ । पुरस्कारमा मात्र एकलाख १९ हजार रुपैयाँ खर्च हुनेछ । आठ विधामा हुने प्रतियोगितामा खुला प्रदेश च्याम्पियनले नगद २० हजार पाउँदा दोस्रो, तेस्रो, चौथो र पाँचौंले क्रमशः १० हजार, सात हजार, छ हजार र पाँच हजार पाउनेछन् । छैटौंदेखि १० स्थानसम्मलाई जनही चार हजारले पुरस्कृत गरिनेछ । भेट्रान्स च्याम्पियन, फरक क्षमता र अनरेटेड च्याम्पियनले जनही चार हजार पाउनेछन् । विद्यालयस्तरीय प्रथमले तीन हजार र दोस्रोले दुई हजार, हिल च्याम्पियन प्रथमले चार हजार दोस्रोले तीन हजार, प्रदेशस्तरीय १६ वर्षमुनिको पुरुष र महिला च्याम्पियन दुई हजार पाँच सयका दरले पुरस्कृत हुनेछन् । इलाम प्रथमले चार हजार तथा दोस्रोदेखि पाँचौं स्थानसम्मकाले दुई हजारका दरले पुरस्कार पाउनेछन् । स्विस लिगअनुसार सात राउन्डमा खेल हुने प्रतियोगिताका संयोजक एवं संघका पूर्व जिल्ला अध्यक्ष याम लिम्बूले जानकारी दिनुभयो । यो प्रतियोगिता सम्पन्न गर्न इलामकी पत्रकार बुद्धमाया सोङमीले दिवंगत आमा फूलमती सोङमीको स्मृतिमा एक लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ । यस्तै अन्य आयोजक समितिबाट ३० हजार रुपैयाँ संकलन गरिएको छ भने दाताहरूबाट सहयोग रकम जुट्नेक्रममा रहेकोे संघका जिल्ला उपाध्यक्ष गणेश घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय चेस खेलप्रति खेलाडीको आकर्षण बढिरहँदा संघले विद्यालयस्तरमा पनि प्रतियोगिता सञ्चालन गर्दै प्रशिक्षण समेत दिँदै आएको संघका सचिव श्याम सेम्बोको भनाइ छ ।

खेलकुदमा पनि पत्रकार सोङमीको सहयोग, इलाममा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड चेस प्रतियोगिता
गणेश घिमिरे जेठ १४, इलाम इलाम जिल्लामा प्रदेश स्तरीय फूलमती सोङमी स्मृति रयापिड (बुद्धिचाल) चेस प्रतियोगिता आयोजना हुँदैछ । जिल्लामा बुद्धिचाल

इलामका पालिका स्तरमा गठन भएका बुद्धिचाल संघ निस्कृय, खेलको बिकास र बिस्तारमा छैन कसैलाई चासो
गणेश घिमिरे जेठ ७, इलाम बुद्धिचाल खेलप्रति इलाममा खेलाडीको आकर्षण बढ्दै गएपनि यससंग सम्बन्धित निकायले खासै चासो नदिँदा खेलाडी उत्पादनमा समस्या

रेडहर्षले पायो नयाँ कार्य समिति, सेवक देवान क्लबको अध्यक्षमा चयन
इलाम, जेठ ३ इलामको प्रतिष्ठित फूटबल क्लब रेडहर्ष फूटबल क्लब इलामको १३ औं बार्षिक साधारण सभा एवं छैठौं अधिबेशन शनिबार सदरमुकाममा सम्पन्न भएको छ । सभाको
प्रतिकृया दिनुहोस