विपद् पूर्व तयारीमा इलाम नगरपालिका, उत्थानशील योजना निर्माण सुरु

गणेश घिमिरे

जेठ १२, इलाम

जलवायु परिवर्तनका असर अब विश्वस्तरमा मात्र सीमित नरही स्थानीय तहसम्म प्रत्यक्ष देखिन थालेपछि इलाम नगरपालिका विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा निर्माणमा जुटेको छ । पानीका मुहान सुक्ने, बाढी–पहिरोको जोखिम बढ्ने तथा कृषि उत्पादनमा असर पर्ने चुनौतीबीच स्थानीय जोखिम न्यूनीकरण र समुदायलाई उत्थानशील बनाउने उद्देश्यले योजना निर्माण प्रक्रिया अघि बढाइएको हो ।                 

सहयात्रा नेपालको आयोजना तथा इलाम नगरपालिका र प्रकृति रिसोर्सेस सेन्टर काठमाडौंको सहयोगमा आयोजित स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा योजना तर्जुमा गोष्ठीमा विज्ञ, जनप्रतिनिधि तथा सरोकारवालाहरूले जलवायु संकट अब स्थानीय चुनौतीका रूपमा देखिन थालेको बताएका छन् । गोष्ठीमा इलाम नगरपालिकाका वातावरण अधिकृत रिसभ न्यौपानेले गत असोज १८ गते इलाममा आएको ठूलो विपद्पछि नगरले भोग्नुपरेको अवस्था तथा त्यसपछिका प्रयासबारे तथ्यांकसहित प्रस्तुति दिनुभएको थियो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका क्षेत्रमा नगरपालिकाले विभिन्न पहल गरिरहेको जानकारी दिनुभयो ।                                

कार्यक्रममा जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै गएको, बाढी–पहिरोको जोखिम बढेको तथा कृषि र जैविक विविधतिमा प्रत्यक्ष असर देखिन थालेको विषय उठाइएको थियो । इलाम नगरपालिकाले वातावरण, पर्यटन तथा संस्कृतिको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । नगरपालिकाले विपद् व्यवस्थापन ऐन, कोष परिचालन कार्यविधि तथा आपतकालीन योजना तयार गरिसकेको समेत जानकारी दिएको छ । इलाम नगरपालिकाका मेयर केदार थापाले विपद् व्यवस्थापनमा सुरक्षा निकायसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै नगरले विपद् प्रतिकार्य योजनालाई थप प्रभावकारी बनाउँदै लगेको उल्लेख गर्नुभयो । त्यस्तै, जलवायु अनुकूलन अभ्यासकर्ता सोहन श्रेष्ठले समुदायलाई विपद्प्रति उत्थानशील बनाउने उपाय, जोखिम तथा क्षति न्यूनीकरणका रणनीति र सन् २०३० सम्मका सम्भावित जलवायु जोखिमबारे जानकारी दिनुभएको थियो ।    कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष हेमकुमार ि(गंगा) शिबाले स्थानीय सरकारसँग सहकार्य गर्दै समुदायको उत्थानशील क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । सहभागीहरूले स्थानीय तथ्यांक र जोखिम विश्लेषणका आधारमा व्यवहारिक तथा कार्यान्वयनमुखी योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।        

१ सय ७२ दशमलव ६७ वर्ग किलोमिटर क्षेत्रफल रहेको इलाम नगरपालिकामा १२ वटा वडा रहेका छन् । नगरको जनसंख्या ५० हजारभन्दा बढी रहेको छ । नगर क्षेत्रको आधाभन्दा बढी भूभाग वन क्षेत्रले ओगटेको छ भने ठूलो हिस्सा कृषि प्रयोजनमा प्रयोग हुँदै आएको छ । प्राकृतिक स्रोतमा धनी इलाम जलवायु परिवर्तनका जोखिमप्रति संवेदनशील बन्दै जाँदा स्थानीय तहको पूर्वतयारी र दीर्घकालीन योजना निर्माणलाई थप महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

पहिरो नियन्त्रणका लागि इलाममा भेटीबर घाँसको नर्सरी स्थापना, मेची राजमार्गलाई प्राथमिकता

गणेश घिमिरे साउन १०, इलाम  पहिरो नियन्त्रण तथा सडक संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले सडक डिभिजन कार्यालय इलामले भेटीबर घाँसको

पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै 

गणेश घिमिरे साउन ८, इलाम  पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने

इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने 

गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर