इलाम नगरपालिकाको पूर्वाधार विकासमा फड्को, ५५ किलोमिटर सडकदेखि खानेपानी आयोजना सम्म
गणेश घिमिरे
असार १५, इलाम
इलाम नगरपालिकाले आफ्नो कार्यकालमा सडक, भवन, खेलकुद तथा खानेपानीलगायतका पूर्वाधार क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा हालसम्म ५५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति सम्पन्न गरिएको जानकारी दिइएको छ । नगरपालिकाका अनुसार १२ किलोमिटर पक्की नाली, सात वटा सार्वजनिक भवन, तीन वटा कभर्ड हल, तीन वटा खेल मैदान, एक वटा पुल र छ वटा बक्स कल्भर्ट निर्माण सम्पन्न भएका छन् । यसैगरी दुई वटा खानेपानी आयोजना तथा २८ वटा सिँचाइ आयोजना निर्माण गरेर कृषि तथा ग्रामीण पूर्वाधार विकासमा समेत योगदान पु¥याइएको उल्लेख गरिएको छ । नगरपालिकाले सीमित स्रोत–साधन तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद नागरिकको आधारभूत आवश्यकता पूरा गर्न पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै काम गरेको जनाएको छ । निर्माण गरिएका सडक तथा अन्य संरचनाले स्थानीय जनताको आवतजावत सहज हुनुका साथै कृषि, पर्यटन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव परेको दाबी गरिएको छ ।
नगरपालिकाले आगामी वर्षहरूमा पनि पूर्वाधार विकासलाई निरन्तरता दिँदै गुणस्तरीय, दिगो तथा नागरिकमैत्री संरचना निर्माणलाई प्राथमिकतामा राख्ने नीति लिएको जनाएको छ । यता इलाम नगरपालिकाले राजस्व संकलनमा उत्कृष्ट प्रदर्शन गर्ने वडालाई प्रदान गर्दै आएको प्रोत्साहन कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा वडा तहमा राजस्व परिचालनलाई प्रभावकारी बनाउन उक्त कार्यक्रमलाई कायम राख्ने उल्लेख गरिएको छ । नगरपालिकाले अघिल्लो तथा चालु आर्थिक वर्षको राजस्व संकलन प्रगतिका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडालाई प्रोत्साहन उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमले वडा तहमा राजस्व संकलनप्रति जिम्मेवारीबोध बढाउनुका साथै स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको नगरपालिकाको भनाइ छ । स्थानीय विकासका लागि आन्तरिक स्रोत परिचालन महत्वपूर्ण हुने भएकाले राजस्व संकलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। प्रोत्साहन कार्यक्रमले वडा कार्यालयलाई करदाता मैत्री सेवा प्रवाह तथा राजस्व दायराको विस्तारमा थप सक्रिय बनाउने अपेक्षा गरिएको छ । नगरपालिकाले कर प्रणालीलाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउँदै आन्तरिक आय वृद्धि गर्ने रणनीति अवलम्बन गरेको जनाएको छ ।
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर
इलाम नगरपालिकाले विशेष कर छुटको व्यवस्था गर्ने, पारदर्शिता तथा जवाफदेहितालाई थप मजबुत बनाउन
गणेश घिमिरे असार १५, इलाम इलाम नगरपालिकाले एकल महिलाको आर्थिक सशक्तीकरण तथा उद्यमशीलता प्रवद्र्धनका लागि विशेष कर छुटको व्यवस्था गर्ने भएको छ ।
.png)






प्रतिकृया दिनुहोस