इलाममा पनि मनाइयो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस

गणेश घिमिरे
जेठ २१, इलाम
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस देशभर मनाइएको छ । इलाममा पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय र गैर सरकारी संस्था महासंघ इलामले संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरेका थिए । यो दिवस २०६८ सालदेखि मनाउन थालिएको हो । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षता एवं जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागिले नेपाललाई छुवाछुत मुक्तराष्ट्र घोषणा गरेको बर्षौ बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नभएको प्रतिक्रिया दिएका थिए । अहिले पनि देशमा जातीय विभेदका घटना भइरहने क्रम रहेको बताएका थिए । सहभागिले छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्दै गैसस महासंघ इलामका अध्यक्ष भक्त थामिले जातीय छुवाछूत कानूनत दण्डनीय अपराध रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्लास्थित बिभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षा एवं सरकारी निकायका प्रमुख एवं प्रतिनिधिकानुन ब्यबसायी, लगायतले आ आफनो धारणा राख्नु भएको थियो । कार्यक्रममा गैसस महासंघका सचिव मनकुमार बराइलीले कार्यक्रमको बिषयबस्तु माथि छलफल–पत्र प्रस्तुत गर्नुभएको थियो । सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
बेलासेमा कृषकलाई सुपारी खेती सम्बन्धि तालिम र बिरुवा बितरण
इलाम, जेठ २३ कृषकहरुलाई सुपारी खेतीमा आकर्षित गराउँदै ब्यबसायिक बनाउने उद्येश्यका साथ इलाम नगरपालिका ११ का कृषकलाई सुपारी खेती सम्बन्धि तालिम दिन

राहसलका बालबालिकालाई घरेलुको सहयोग
इलाम, जेठ २३ इलाम नगरपालिका ९ मा रहेको राहासल बाल गृहमा आश्रित बालबालिकालाई खाद्यान्न र स्टेशनरी प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय

फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा
गणेश घिमिर जेठ २३, इलाम इलाम सदरमुकाममा भोलि (शनिबार) हुने फूलमती सोङ्मी प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतिकृया दिनुहोस