इलाम—सन्दकपुर ४४ कि.मि रेडपाण्डा म्याराथनमा आर्मीको बर्चस्व ,   महिला र पुरुष दुबैमा खोटाङका धावक पहिलो


गणेश घिमिरे
पुष २, इलाम 
    इलामको सुन्दर पर्यटकीय गन्तव्य सन्दकपुरसम्म सम्पन्न रेडपाण्डा म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका धावकको दबदबा रहयो । पहिलो देखि चौथो स्थानसम्मै आर्मीले पुरस्कारमाथि कब्जा जमायो । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणका लागि आयोजना गरिएको यो म्याराथनमा नेपाल र भारतका धावकहरूको सहभागिता थियो ।     १२ सय २० मिटर उचाइमा रहेको इलाम बजारबाट सुरु भएको रेडपाण्डा म्याराथन ३६ सय १० मिटर उचाइमा रहेको सन्दकपुरमा पुगेर सम्पन्न भएको हो । ४४ दशमलव २ किलोमिटर लामो दुरी पार गर्दै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका धावकहरूले पहिलोदेखि चौथो स्थानसम्म एकतर्फी वर्चस्व कायम गरे । पुरुषतर्फ खोटाङका गजेन्द्र राईले ४ घण्टा १२ मिनेटमा निर्धारित दुरी पार गर्दै प्रथम स्थान हासिल गरे । करण रावल दोस्रो, कर्णवीर रोका मगर तेस्रो र श्रीकास राईले चौथौ स्थानमा रहे । यसअघि ५० किलोमिटरसम्म दौडिसकेका राईले इलाम–सन्दकपुरको रुट अलि अप्ठेरो रहेको अनुभव सुनाउँदै बिजेता बन्न पाउँदा खुशि भएको बताए ।                     

महिलातर्फ खोटाङकै निर्मला राईले ५ घण्टा ४० मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हात पारिन् । आर्मीकी सुनसरी रोकाया मगर दोस्रो, कल्पना बुढा तेस्रो र राज्यलक्ष्मि शाक्य चौथो बनिन् । अघिल्ला म्याराथनभन्दा यो फरक अनुभव भएको जनाउँदै प्रकृतिसँगै दौडदै जित्दाखेरी खुशि भएको बताउनुभयो । खुल्लातर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो हुने महिला तथा पुरुष धावकहरूले क्रमशः डेढ लाख, एक लाख, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । स्थानीयतर्फ पुरुषमा पाँचथरका राजन मेन्याङ्बो प्रथम भए । पाँचथरकै विशाल राईले दोस्रो,  इलामका राजेन्द्र लिम्बू तेस्रो र ताप्लेजुङका रमेश लिम्बू चौथो भए । उनीहरुलाइ क्रमश २५ हजार, २० हजार, १० हजार ५ हजार पुरस्कार प्रदान गरियो ।                                             

इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरीसहित भारतको दार्जिलिङ र सिक्किमबाट आएका ६२ पुरुष र ११ महिला गरी ७३ जना धावकहरूको सहभागिता रहेको थियो । खेलमार्फत संरक्षणको सन्देश प्रभावकारी बनाउँदै पर्यटनमा जोडन सकिने र यस्तो कार्यक्रमले समुदायलाई रेडपाण्डा संरक्षणमा थप सचेत बनाउन मद्दत पुरयाउने रेडपाण्डा नेटवर्कले जनाएको छ । विश्वमै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र जैविक विविधता संरक्षणप्रति जनचेतना जगाउने उद्देश्यले दीपज्योति युवा क्लबले म्याराथन आयोजना गरेको हो । प्ले फर नेचर र रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग तथा नेपाली सेनाको रणशार्दूल गण इलामको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो । खेल, पर्यटन र संरक्षणलाई एउटै सूत्रमा बाँध्दै इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनले प्रकृति संरक्षणको सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ । 

प्रतिकृया दिनुहोस

इलाम नगर स्तरीय चेस प्रतियोगिता सम्पन्न, विभिन्न उमेर समूह र विधामा उत्कृष्ट खेलाडीहरू पुरस्कृत 

गणेश घिमिरे जेठ २४, इलाम  इलाम नगर बुद्धिचाल संघको आयोजनामा इलाम नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको सहकार्यमा आयोजित इलाम नगर स्तरीय चेस

११ पटकका च्याम्पियन बादशाह सरोज रिङ आउट, धमकेदार इन्ट्रि गर्दै काजी बने चेस ‘किङ’

गणेश घिमिरे जेठ १०, इलाम      इलाममा पहिलोपटक आयोजना गरिएको फिडे मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिड एण्ड ब्लिट्ज चेस

बौद्धिक खेलको केन्द्र बन्दै इलाम, जेठ ९ गते सूर्योदयमा फिडे मान्यता प्राप्त चेस प्रतियोगिता हुँदै

गणेश घिमिरे जेठ ४, इलाम  इलाममा पहिलोपटक अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे) मान्यताप्राप्त ‘इलाम जिल्ला स्तरीय फिडे रयापिडड एण्ड ब्लिट्ज चेस