जिल्लामै अग्रणी बन्दै आइएमई लाइफ, एमडिआरटि मैनालीको उच्च योगदान
गणेश घिमिरे
असार ८, इलाम
जीवन बिमाप्रति नागरिकको आकर्षण बढ्दै गइरहेका बेला आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाले एजेन्सी इन्गेजमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बिमाको महत्व, कम्पनीले उपलब्ध गराउँदै आएको सेवा–सुविधा तथा अभिकर्ताहरूको भूमिकाबारे विस्तृत जानकारी गराइएको थियो । कार्यक्रमका आयोजक तथा आइएमई लाइफ इलाम शाखाका एजेन्सी म्यानेजर एवं एमडीआरटी २०२५ प्राप्तकर्ता अनिरुद्र मैनालीले बिमा क्षेत्रको विकासमा अभिकर्ता र बिमितको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । जिल्लामै अग्रणी बिमा कम्पनीका रूपमा स्थापित हुँदै गएको आइएमई लाइफले ग्राहकको विश्वास जित्दै सेवा विस्तार गरिरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा मार्केटिङ अधिकृत कल्पना भट्टराई पौडेलले कम्पनीले आफ्ना बिमितहरूलाई प्रदान गर्दै आएको विभिन्न सेवा–सुविधाबारे जानकारी दिनुभयो । उहाँले बिमासँग आबद्ध सदस्यहरूले विभिन्न अस्पताल तथा होटलहरूमा समेत विशेष सुविधा प्राप्त गरिरहेको उल्लेख गर्दै भविष्यको आर्थिक सुरक्षाका लागि बिमा अपरिहार्य रहेको बताउनुभयो । सो अवसरमा कम्पनीका शाखा प्रबन्धक मंगेश खत्रीले जीवन बिमाको आवश्यकता, यसले प्रदान गर्ने सुरक्षा तथा आइएमई लाइफका विभिन्न योजनाबारे सहभागीलाई जानकारी गराउनुभयो । कार्यक्रममा सहभागीहरूलाई बिमा सम्बन्धी सचेतना प्रदान गर्नुका साथै अभिकर्ताहरूलाई थप उत्साह र हौसला प्रदान गरिएको थियो । कार्यक्रमकै क्रममा विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । आइएमई लाइफमार्फत एमडिआरटि अनिरुद्र मैनलीले सबैभन्दा पहिले बिमा गराउनु भएका बिमीत योग्यकुमार खत्रीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट बिमित नारद र टिका बराइली, युवराज र बिमला घोर्साइ, एकै दिनमा एजेन्सी म्यानेजर बन्न सफल नेत्रप्रसाद घिमिरे, उत्कृष्ट अभिकर्ता सुबास न्यौपाने, जेठ महिनाका उत्कृष्ट बिमा संकलनकर्ता तथा कम्पनीका ज्येष्ठ बिमित सदस्य गणेश पौडेललाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागि गैससकर्मीहरु भक्त थामी, राम मगर, शिक्षक कुमार पौडेल लगायतले इन्स्योरेन्सप्रति फैलिएको भ्रम चिर्नुपर्ने सुझाव दिँदै सहकारी तथा सामाजिक क्षेत्रमा पनि बिस्तार गर्दै लैजानु पर्नेमा जोड दिनुभयो । इन्स्योरेन्स इलाम शाखामा हाल करिब ३ सय ५० जना अभिकर्ता र १ हजार ८ सय जना बिमित आबद्ध रहेका छन् । तीमध्ये एमडिआरटि एजेन्सी म्यानेजर अनिरुद्र मैनालीले मात्रै ६ सय जना बिमित विस्तार गर्न सफल भएको तथ्याङ्क छ । मैनालीको यो सक्रियता र नेतृत्व क्षमतालाई थप पुष्टि गरेको सहभागीहरूले बताए । कार्यक्रमले बिमाप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै अभिकर्ताहरूलाई थप जिम्मेवार र उत्प्रेरित बनाएको आयोजकको विश्वास रहेको छ । आर्थिक सुरक्षाको भरपर्दो माध्यमका रूपमा जीवन बिमाको महत्व बढ्दै गएको वर्तमान अवस्थामा यस्ता कार्यक्रमले बिमा क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
पहिरोको जोखिम घटाउँदै मेची राजमार्ग डबल लेनमा, करोडौँका आयोजना अघि बढ्दै
गणेश घिमिरे साउन ८, इलाम पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने मेची राजमार्गलाई आधुनिक र सुरक्षित सडकका रूपमा विकास गर्ने
इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष सिफारिस, आपूर्ति सहज बनाउने
गणेश घिमिरे साउन ७, इलाम मेची राजमार्गको राजदुवाली खण्ड तथा वैकल्पिक सडकमार्गहरू अवरुद्ध भएपछि उत्पन्न संकट समाधानका लागि इलाम नगरपालिकाले नगर
इलाम नगरपालिकाको पूर्वाधार विकासमा फड्को, ५५ किलोमिटर सडकदेखि खानेपानी आयोजना सम्म
गणेश घिमिरे असार १५, इलाम इलाम नगरपालिकाले आफ्नो कार्यकालमा सडक, भवन, खेलकुद तथा खानेपानीलगायतका पूर्वाधार क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल
.png)






प्रतिकृया दिनुहोस