सुवेदी र गिरीलाई पत्रकारिता पुरस्कार
नेपाल बेस्ट म्युजीक अवार्ड–२०२१ मा चलचित्र पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् ।
असोज १८ गते काठमाडौको चन्द्रागिरीमा आयोजना हुने अवार्ड प्रदान समारोहमा चर्चित चलचित्र पत्रकार सुवेदी र गिरीलाई नगद राशी सहित पत्रकारिता पुरस्कार–२०२० बाट सम्मान गर्न लागिएको आयोजक संस्था तुलसी मिडियाले जनाएको छ ।
बिगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले दिएका छन् ।
बिभिन्न साप्ताहिक,मासिक, पाक्षिक पत्रिका हुदै टेलिभिजन तथा नयाँ पत्रिका दैनीकमा लामो समय पत्रकारिता गरेका सुवेदी र पछिल्लो केही बर्षयता रातोपाटी डटकममा कार्यरत गिरीले यसअघि पनि थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।
‘नेपालको शान,संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागीएको अवार्डको उत्कृष्ट ५ मनोनयन केही समय अघिनै सार्वजनीक भइसकेको छ । बिभिन्न ३६ बिधामा अवार्ड प्रदान गरिने अवार्डले नेपाली गीतसंगीतको प्रबद्र्धन गर्दै यस क्षेत्रलाई चलायमान बनाउन प्रभावशाली भूमिमा खेल्ने बिश्वास आयोजक संस्थाको छ । अवार्ड समारोहमा गीतसंगीत, चलचित्र लगायतका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिको उपस्थिति रहने जनाइएको छ ।
इलाममा ‘लालीबजार’को क्रेज, नायिक स्वस्तिमा खड्का सहित टोली इलाम आउँदै
गणेश घिमिरे जेठ ५, इलाम इलाममा प्रदर्शनरत नेपाली चलचित्र लालीबजारको प्रचारप्रसार तथा दर्शक भेटघाट कार्यक्रम अन्तर्गत मुख्य अभिनेत्री स्वस्तिमा
ग्रीनभ्याली एकाडेमिमा सिर्जनशिल र जीवनमुखि शिक्षा, बिद्यार्थीलाई सीप र अतिरिक्त क्रियाकलापमा अग्रणी बनाउँदै
गणेश घिमिरे पुष ४, इलाम इलाम सदरमुकाममा सञ्चालित ग्रीनभ्यालि एकाडेमीले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सिर्जनशीलता, व्यवहारिक
इलाममा होलि पर्वको रौनक
गणेश घिमिरे फागुन २९, इलाम फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज (बिहीबार) इलाम सहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका
.png)






प्रतिकृया दिनुहोस